
काठमाडौं,२ कात्तिक । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आज टुङ्गो लाग्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउसो २ बजे बस्दैछ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आज बेलुका सकिदै छ । यस अवधिमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आज टुंगो लगाउने नेपाली कांग्रेसले बताएको छ ।
यसअघि हिजो दिउसो बोलाइएको बैठक दिनभरि अनौपचारिक बसेर बेलुका मात्रै औपचारिक रुपमा शुरु भएको थियो । पार्टीका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दै गर्दा नेविसङ्घका नेताहरुले नाराबाजी समेत गरेका थिए ।
सभापति शेरबहादुर देउवा अहिलेकै नेतृत्वमा अधिवेशन गराउने पक्षमा रहनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरु भने तदर्थ समिति बनाएर अधिवेशन गराउने दाउमा छन् । नेविसंघबारे शनिबारको केन्द्रीय समितिमा तीन विकल्पमा छलफल हुने बताइएको थियो ।
नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वको वर्तमान समितिको म्याद थप गर्ने, समिति भंग गरेर अहिलेकै सभापतिको नेतृत्वमा निश्चित समयलाई तदर्थ समिति बनाउने या नया“ समिति गठन गर्नेबारे निर्णय लिने भनिएपनि नेताहरुबीच सहमति हुन सकेन । ३२ वर्षे उमेरहद तोकेपछि नेविसंघभित्र मात्र नभइ पार्टीका शीर्ष नेतृत्व तहमा समेत विवाद बढ्दै गएको छ ।



















प्रतिक्रिया दिनुहोस्