ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल


admin

 चितवन, १ मङ्सिर । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले भन्ने गरेको बताउनुभयो । तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उहाँको भनाइ थियो ।

धेरैजसो विमानस्थलको दक्षिणपूर्वबाट धावनमार्गमा जहाज अवतरण गर्ने र सोही दिशाबाटै उडान गर्ने गरिन्छ । उत्तर पश्चिमबाट पनि कहिलेकाहीँ जहाज उडान र अवतरण गर्ने गरिन्छ । उहाँका अनुसार धावनमार्गमा तारबारपछि दक्षिणपूर्व ठूला घर र विद्युत्का तारहरु टाँगिएका छन् । उत्तर पश्चिममा नेपाली सेनाको गणका साथै अग्ला रुखहरु छन् ।

प्रमुख गौतमले पाइलटको भनाइ उदृत गर्दै भन्नुभयो, “उनीहरुले जहाज अवतरण गर्दा धावनमार्गमै आएर सोझै झर्नुपर्ने बाध्यता छ । उडान गर्दा पनि तत्कालै माथि पुग्नुपर्ने बाध्यता भएकाले पाइलटहरुले भरतपुर विमानस्थलाई उच्च जोखिमको भन्दै तराईको मिनी लुक्लाको संज्ञा दिने गरेका हुन् ।” लुक्ला विमानस्थल हिमाली क्षेत्रको जोखिमपूर्ण विमानस्थल हो ।

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । उडान र अवतरण अप्ठ्यारो हुने भएपछि बुद्धको ४७ सिटको एटिआर ४२ ले ४० हाराहारी यात्रु मात्रै उडाउँछ भने यतीले ३० र जेट स्टिमले २० यात्रु मात्रै बोक्ने गर्दछ ।

बुद्ध एयरलाइन्सका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले जुन मापदण्ड हुनुपर्ने हो त्यसो नहुँदा सिटअनुसारको यात्रु बोक्न नसकिएको बताउनुभयो । उहाँले दक्षिणपूर्व र उत्तर पश्चिम क्षेत्रका अवरोध घटाएर धावनमार्ग बढाउन सके ठूला जहाज अवतरण गर्न सकिने बताउनुभयो । अहिले भरतपुर काठमाडौँ जहाज भाडा रु तीन हजार ७५० छ । ठूला जहाज चलेमा रु तीन हजारभन्दा कममा उडाउन सकिने उहाँले जानकारी दिनुभयो ।

यती एयरलाइन्स भरतपुरका निमित्त प्रबन्धक अनुप ढकालले जहाजको अवतरण र उडान क्षेत्रमा अवरोध भएका कारण तापक्रम हेरेर यात्रु राख्नुपरेको बताउनुभयो । तीस जना क्षमताको जेट स्टिममा २० हाराहारी यात्रु पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

भरतपुर काठमाडौँ दैनिक १० जहाज उड्ने गर्दछन् । भरतपुरबाट पोखरा दैनिक एउटा उडान हुने गरेको छ । बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्दै आएका छन् । नारायणगढ मुग्लिन सडकमा समस्या हुँदा भरतपुर विमानस्थलमा यात्रुको चाप उच्च भएको थियो । सो समयमा दैनिक १८ वटासम्म विमानले उडान भरेका थिए । प्रदेश नं ३ को राजधानी एवं छिमेकी जिल्ला मकवानपुर र नवलपुरमा समेत विमानस्थल नभएकाले ती जिल्लाबाट काठमाडौँ आवतजावत गर्ने यात्रु पनि यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।

प्रमुख गौतमले भरतपुर विमानस्थल उच्च जोखिममा रहेको भन्दै भरतपुर महानगरपालिकालाई पत्राचार गरी सोको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँ र जिल्ला प्रशासन कार्यालयलाई दिइएको भए पनि सुनुवाइ नभएको बताउनुभयो ।

जिल्लामा विशिष्ट व्यक्तिको आवागमन बढी हुने गर्दछ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद हुनुहुन्छ । यही जिल्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गृहमन्त्री रामबहादुर थापा पनि चितवनवासी हुनुहुन्छ ।

पूर्वउपप्रधानमन्त्री अमिक शेरचन, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री विक्रम पाण्डेलगायत नेता पनि यही जिल्ला भएर आवत–जावत गर्दा पनि विमानस्थलको समस्याबारे चासो नदिएको प्रमुख गौतमले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com