ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सुरक्षा गृहका लागि मुख्यमन्त्री गुरुङलाई ध्यानाकर्षण


admin
कार्तिक २८, २०७५ बुधबार  ३ : ३४ बजे

चिप्लेढुङ्गा, २८ कात्तिक ।  हिंसापीडित महिलाका लागि सुरक्षित आवासगृह र सडक बालबालिका लागि सम्पर्क केन्द्र नहुँदा समस्या भएको भन्दै कास्की, पोखराका अधिकारकर्मीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएका छन् ।

लामो समयदेखि सुरक्षागृह बनाउन पहल गरेता पनि सफल हुन नसकेको भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएको कोपिला नेपालका कार्यकारी निर्देशक एवं अधिकारकर्मी बीना सिलवालले बताउनुभयो । सिलवालले भन्नुभयो, “हामीले समस्याको बारेमा अवगत गरायौँ, उहाँले सकारात्मक जवाफ दिनुभएको छ । हामी काम हेर्न चाहन्छौँ ।” उहाँले यो गम्भीर भएको भन्दै प्रदेश सरकारले तुरुन्तै यस कार्यको थालनी गर्नुपर्ने बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिवप्रसाद खकुरेलले महिला तथा बालबालिका सुरक्षाका लागि सुरक्षा घर अत्यावश्यक रहेको बताउँदै स्वास्थ्य र सुरक्षाको दृष्टिकोणबाट पनि सहज हुने गरी स्थान छनोट गरिनुपर्ने बताउनुभयो ।

महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागि ध्यानाकर्षण गराउन पुगेका नागरिक समाजको प्रतिनिधिसँग भेटका क्रममा मुख्यमन्त्री गुरुङले महिलामैत्री वातावरणका लागि आफू सकारात्मक रहेको भन्दै हिंसामा परेकाको लागि सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा सुरक्षा गृह प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष गिरधारी शर्माले नयाँ संरचना निर्माण गर्नेभन्दा पनि भएका संरचनालाई उपभोग गर्ने गरी स्थानको खोजी गरिने जानकारी दिनुभयो । शर्माले सुरक्षा गृह प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकार र गैरसरकारी संस्थाको समन्वयमा सुरक्षा गृह सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

प्रतिनिधिसभा निर्वाचन : २ बजेसम्म प्रदेशगत मतदान अपडेट ३३ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

दिउँसो १ बजेसम्म देशभर ४४ लाख ५५ हजार ७९० मत खसे: कुन प्रदेशमा कति प्रतिशत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com