काठमाडौ,१६ असार । बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेसले विजयी भएको छ ।
कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले बडुवालभन्दा ३८ मत कम अर्थात् २ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।
बाजुराका ९ स्थानीय तहमध्ये अहिलेसम्म एमालेले पाण्डवगुफा र गौमुल गाउँपालिका जितेको छ ।








प्रतिक्रिया दिनुहोस्