भोजपुर, १६ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शुरुदेखिनै माओवादी केन्द्रले अग्रता लिएको यो गाउँपालिकामा ८ मतले एमालेका बिजय राई अध्यक्षमा निर्वाचित भए । एमालेका राईले २३५६ मत प्राप्त गरेर बिजयी हुँदा माओवादी केन्द्रका थामवहावदु राईले २३४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीकी सम्झना राई निर्वाचित भएकी छन् ।
माओवादी केन्द्रले आफ्नो गढ मानेको रामप्रसाद राई गाउँपालिका माओवादी जिल्ला इन्चार्ज तथा पूर्व सभासद सुदन किरातीको गृहक्षेत्र हो ।








प्रतिक्रिया दिनुहोस्