ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली चन्द्रामा बनाउने चीनको घोषणा , वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुने दावी


एबीसी न्यूज
कार्तिक ५, २०७५ सोमबार  २ : २० बजे

एजेन्सी, ५ कात्तिक । चिनियाँ एक कम्पनीले रातको आकाश उज्ज्यालो पार्न चीनको आकाशमा एउटा ‘फेक मुन’ अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ।

चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु शहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त्यसले सडकका बत्तीहरूलाई विस्थापित गर्न सक्ने गरी प्रशस्त उज्यालो बनाउन सक्ने बताएका छन्। यसले थुप्रै वैज्ञानिकहरूलाई समेत आकर्षित र अचम्मित पारेको छ।

त्यो किनभने यस महत्त्वाकांक्षी परियोजनाको प्रारूपबारे अहिलेसम्म थोरै मात्र जानकारी बाहिर ल्याइएको छ र ती समेत परस्पर विरोधी देखिन्छन्।

सम्भव छ?

पिपुल्स डेलीले पहिलोपटक उक्त समाचार गत साता एउटा नविन काम सम्बन्धी सम्मेलनमा छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्ले व्यक्त गरेका प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको थियो।

वुका अनुसार यस अवधारणामा केही वर्षदेखि प्रयोगहरू भइरहेका थिए जसका कारण उक्त प्रविधि सन् २०२० सम्ममा व्यवहारिक रूपमै सम्भव देखिने अवस्थामा आइपुगेको हो।

चाइना डेलीले वु लाई उद्धत गर्दै उसकै शब्दमा सन् २०२२ भित्रमा तीनवटा ठूला ऐना प्रक्षेपण गर्न सकिने लेखेको थियो। उक्त कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ।

तर ती कुनै पनि समाचारहरूले उक्त परियोजनामा सरकारी सहायता छ वा छैन चाहिँ खुलाइएका छैनन्।

कस्तो हुनेछ ‘नक्कली चन्द्रमा’ ? 
त्यो चन्द्रमा कस्तो देखिन्छ भनेर नबताइएता पनि त्यसले फ्याक्ने प्रकाशले भने १० देखि ८० किलोमिटरसम्म समेट्नेछ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ।

त्यसको चमकता र शुद्धतालाई नियन्त्रण गर्न समेत सकिने इन्स्चिच्युटका अध्यक्ष वुले बताएका छन्।

यस्तो कृत्रिम चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ।

जबकि वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर पर रहेर परिक्रमा गर्छ।

धेरैले अचम्म मानिराखेको कुरा के पनि छ भने यस्तो चन्द्रमा प्रयोगमा आउँदा सडक बत्तीमा भन्दा कम खर्च हुनेछ। सडकबत्ती विग्रन सक्ने भुकम्पजस्ता अवस्थाका बेला यो झनै बढि काममा आउनेछ। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युवालाई तिरस्कार र अपमान गरिरहे फेरि पनि विद्रोह हुन सक्छः प्रधानमन्त्री कार्की

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com