
कपिलवस्तु, २९ असोज । एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा कार्यरत महिला प्रहरीमाथि गएको असोज २० गते राती सहकर्मी प्रहरी जवान २१ वर्षीय भरत ओलीले जबरजस्ती बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखेको बताइएको छ । राति १० बजेको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गरेपछि आफूले प्रतिकार गरेर बचेको महिला प्रहरीले बताएकी छन् ।
जबरजस्ती करणीको प्रयास गरेका आरोपमा प्रहरी जवान ओली अहिले प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पीडित महिला प्रहरीका श्रीमानले जवरजस्ती करणी उद्योगको मुद्या अन्तर्गत प्रहरी जवान ओली विरुद्ध किटानी जाहेरी दिए पछि मुद्या प्रक्रिया अघि बढेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्