काठमाडौं, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्बाङले सबै राजनीतिक दलको सहमतिमा संबिधान संशोधन गर्न सकिने बताउनुभएको छ ।
राप्रपा नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको तेस्रो स्मृतिसभालाई सम्बोधन गर्दै नेता नेम्बाङले विगतमा संबिधानको बिरोध गर्नेहरुले समेत संबिधानलाई स्वीकार गरेर निर्वाचन प्रक्रियामा सहभागी भएकाले संबिधान सर्वस्वीकार्य भएको बताउनुभयो । नेता नेम्बाङले संबिधानमाथि अझै केही असहमति भए राजनीतिक सहमतिमा देश र जनताको अहित नहुने गरी संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रियता कमजोर हु“दै गएको उल्लेख गर्दै सबै राजनीतिक दलबचि आपसी समझारी र एकतामा जोड दिनुभयो ।
नेता थापाले राष्ट्रिय मुद्दामा सिंगो नेपाल र राजनितिक शक्ति एक स्थानमा उभिनु पर्ने बेला भएको भन्दै सबै मिलरे देशलाई समृद्धि तर्फ लौजानु पर्नेमा जोड समेत दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्