ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस नेता बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने


admin
आश्विन २८, २०७५ आईतबार  १२ : ०५ बजे


काठमाडौं,२८असोज । दिवंगत काँग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ ।

गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन हुनु भएका नेता बास्तोलाको आज अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । अहिले निवासमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन । केहीबेरपछि उहाँको पार्थिव शरिरलाई पार्टी केन्द्रिय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि लगिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेकोे काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

निवासमा राखिएको उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जली व्यक्त गर्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता बास्तोलालाई प्रखर र प्रतिभाशाली नेताको रुपमा स्मरण गर्नु भयो । उहाँले पार्टीलाई राजनीतिक, कूटनीतिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण सुझाव दिनु हुने नेता बास्तोलाको निधनप्रति गहिरो दुःख समेत व्यक्त गर्नु भयो ।

२०६९ साल पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक हुनु भएका बास्तोला त्यसयता अचेत अवस्थामा रहनु भएको थियो । बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गर्नु भएको थियो । नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानमाथि आक्रमणः ‘रेजिम चेन्ज’ प्रयास कसरी अगाडि बढ्यो ?

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com