
काठमाडौं ,२७ असोज । प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रलाई अघि बढाउन सहकारीको विकल्प नरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकीकरण गर्नका लागि सहकारी भरपर्दो माध्याम भएको उल्लेख गर्दै त्यसलाई नेपालले मौलिक ढंगले लागू गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
शनिबार ‘इमानको इन्द्रणी’ नामक पुस्तकको विमोचन गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि सहकारीसम्बन्धि ऐनलाई तर्जुमा गर्दै अघि बढने पनि स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले सहकारी अभियन्ता केशव बडाललाई राष्ट्रिय, अन्तराष्ट्रिय सहकारीसम्बन्धि अनुभवलाई राष्ट्रियकरण, स्थानीयकरण गर्न पहल गर्न पनि आग्रह गर्नु भयो ।
प्रधानमन्त्री ओलीले साना–साना पूँजी परिचालन गरेर मुलुकको विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । अनिल पौडेलद्वारा लिखित सो पुस्तकमा बडालले नेपालको सहकारी आन्दोलनमा प्रदान गर्नु भएको नेतृत्वको चर्चा गरिएको छ ।



















प्रतिक्रिया दिनुहोस्