
काठमाडौं ,२७ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दावी गर्नु भएको छ ।
मन्त्री विष्टले स्वाधिन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताउनु भयो ।
शनिबार दशैको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सार्नु भयो । उहाँले मुलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
मन्त्री विष्टले गरिवी, अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पार्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्