ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना न्यून गर्न ५०० गाडीमा स्टिकर, पर्चा वितरण र चालकलाई चकलेट


admin
आश्विन २७, २०७५ शनिबार  १० : ४७ बजे

बिर्तामोड, २७ असोज । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन आज शनिबार झापाको बिर्तामोडमा विशेष अभियान सञ्चालन गरियो ।

वीरता जेसीज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत सवारीसाधनमा चेतनामुलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई चकलेट दिइएको थियो ।

झापाबाट काठमाडौं लगायतका लामो दुरीतर्फ जाने–आउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको बताइएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीका अनुसार पाँच सय सवारीसाधनमा स्टिकर टाँस्नुका साथै चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट प्रदान गरिएको र ती सवारीसाधनमा यात्रा गर्ने सबै यात्रुलाई ट्राफिक नियम सम्बन्धीका चेतनामुलक पर्चा वितरण गरिएको छ ।

पैदल यात्रीलाई समेत पर्चा वितरण गरिएको थियो ।
वीरता जेसीजका अध्यक्ष गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई र लेट्स रनका अध्यक्ष पवन शिवाकोटीले सवारीसाधनमा स्टिकर टाँसेर उक्त अभियान शुरु गरेको वीरता जेसीजका महासचिव विनोद पाण्डेले जानकारी दिए ।

वीरता जेसीजका दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठका अनुसार बिर्तामोडको पश्चिम स्टेण्डमा दुबैतर्फबाट आवात–जावत गर्ने सवारीसाधनलाई लक्षित गरी तीनवटा टोली तथा बसपार्कमा एउटा टोली बनाएर बिहान ६ बजेबाट उक्त अभियान सञ्चालन गरिएको थियो ।

उक्त अभियानमा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, पूर्व अध्यक्षहरु सुरेश वंशल, राजेन्द्र थापा, शेखर ढकाल, देवी पञ्चकन्या मर्निङ वाक गु्रप बिर्तामोड, एजुकेशन एण्ड माइग्रेसन कर्नर लगायतको सहभागिता रहेको वीरता जेसीजका दुर्घटना न्यूनीकरण सहसंयोजक मनोज रौनियारले बताए ।

त्यस्तै उक्त कार्यमा बिर्तामोड सरसफाई अभियान टोलीले समेत सहभागिता जनाउँदै सरसफाई कार्यलाई पनि बिर्तामोड पश्चिम स्टेण्डमा केन्द्रित गरेको थियो । चालकहरुलाई वितरण गरिएको चकलेट हल्दिबारी चियाको तर्फबाट प्रदान गरिएको थियो ।

यसअघि गत असोज २ गते वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भको घोषणासहित एक हजार चालकलाई खादा लगाएर सम्मान गरिएको थियो भने स्टिकर टाँस, चकलेट र पर्चा वितरण तथा सडक कविता प्रतियोगिता सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com