
काठमाडौं, २६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिनु भए छ ।
पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीहरुलाई मुलुकलाई मजदुत बनाउन सकेको योगदान दिन आग्रह गर्नु भएको हो ।
शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहास त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै उहाँले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र सामाजिक सदभाव कायम गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।
पूर्व राष्ट्रपति यादवले राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालको साहित्य सृजनामा पु¥याउनु भएको योगदानको पनि स्मरण गराउनु भयो । कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्