ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्छ : मन्त्री पौडेल


admin
आश्विन २५, २०७५ बिहीबार  १२ : ३९ बजे

हेटौँडा, २५ असोज ।  प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा आज आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्रदेश प्रहरी कानूनको तर्जुमा गर्न गृहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले प्रचलित ऐन कानूनबमोजिम प्रहरी जनशक्तिले अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, विपत्मा उद्धार कार्यमा तीव्रता ल्याउन, प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराधलाई वैज्ञानिक प्रवृत्तिबाट अनुसन्धान गरेर कानूनी कार्वाहीको दायरामा ल्याउन प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

उहाँले प्रहरी र नागरिकबीच सहकार्य गरी एकापसमा विश्वासको वातावरण तयार गर्न आवश्यक रहेको छ भन्दै प्रहरीले कुनै दल वा कुनै समूहको प्रभावमा नपरी आफ्नो जिम्मेवारीलाई निष्पक्ष र जनमुखी बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले प्रहरी जनशक्तिलाई समयानूकल सुधार गरी प्रदेशस्तरमा जनताको शान्तिसुरक्षा, मानवअधिकारको संवद्र्धन गर्ने र अपराध नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रहरी दिवसका उपलक्ष्यमा आयोजित खेलकूद प्रतियोगितामा विजयी प्रहरी खेलाडीलाई क्रमशः नगद पुरस्कार र पदक वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com