ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपारदर्शी निजी विद्यालयका शिक्षकको सुविधा


admin
आश्विन २४, २०७५ बुधबार  ३ : २१ बजे

काठमाडौँ, २४ असोज । निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन ।

सामुदायिक विद्यालयको तुलनामा निजी (संस्थागत) विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुनुमा भूमिका खेल्ने तिनै शिक्षक श्रमको उचित सम्मान नभएको गुनासो गर्दै आएका छन् । कतिपय राम्रा र महँगा भनिएका निजी विद्यालयमा शिक्षकको सुविधा आकर्षक भए पनि आम निजी विद्यालयमा शिक्षक अझै शोषित अवस्थामा छन् ।
मुलुकभर सात हजार ५०० निजी विद्यालयमा कार्यरत करीब ७० हजार शिक्षकले उचित सुविधा नपाएको आवाज उठाउँदै आएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपालका अनुसार श्रमको सम्मान नगर्दा आफ्नै व्यवस्थापनमा प्रतिकूल असर पर्ने ठानेर कतिपय विद्यालयले शिक्षकलाई उचित तलब र सुविधा दिन थालेका छन् भने धेरैले तदर्थवादमै चलाएका छन् । उठाएको शुल्क र शिक्षक तलबलगायत खर्चको विवरण पारदर्शी नहुने निजी विद्यालयको पुरानै समस्या हो । अहिले पनि मासिक रु पाँच हजार लिएर पनि निजी विद्यालयमा पढाउन शिक्षक विवश छन् ।

अधिकतम तलब लिने निजी विद्यालयका कतिपय शिक्षकले पनि सरकारी मापदण्डभन्दा माथि रु ४० हजारसम्म पनि लिएका छन् तर यो नगन्य छ । बढी सुविधा लिने शिक्षकको क्षमता पनि उच्च हुने भएकाले त्यस्ता जनशक्ति पाउन र टिकाउन मुस्किल हुने हुँदा उनीहरुले मोलमोलाइ गरेर सुविधा बढाएर लिएका हुन्छन् । कम तलब पाएका शिक्षकले सेवाबाट हात धुनुपर्ने त्रासले खुलेर विरोध गर्न सक्दैनन् । इस्टु नेपाल संस्थागतरुपमा नेपाल शिक्षक महासङ्घमा आबद्ध भएसँगै उसका आवाज थप राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएपछि शिक्षकलाई फकाएर भए पनि टिकाउने रणनीति निजी विद्यालयले लिन थालेका छन् । इस्टु नेपाल हाल शिक्षकको अन्तर्राष्ट्रिय संस्था एजुकेसन इन्टरनेशनल र सार्क शिक्षक महासङ्घमा पनि आबद्ध छ ।

इस्टुका कार्यवाहक अध्यक्ष होमकुमार थापाले पछिल्लो समयमा आफूहरुले आवाज उठाएका कारण ललितपुरको हात्तीवनस्थित पायनियर स्कूलले शिक्षकलाई उपदान दिनेलगायत व्यवस्था गर्न सहमत भएको बताउनुभयो । सरकारी मापदण्डभन्दा केही कम दरमा भए पनि यसरी उपदानको प्रबन्ध गर्ने निजी विद्यालय देशभर मुस्किलले १०० पुगेको थापाको भनाइ छ ।

निजी विद्यालय नाफामुखी नभई सेवामुखी हुनुपर्ने, कम्पनी र गुठी ऐनअनुसार चल्नुपर्ने तथा त्यहाँका शिक्षक, कर्मचारीको नियुक्ति, सेवा शर्त पारदर्शी गराएर सामुदायिक विद्यालयका शिक्षकको सरह सुविधाको प्रबन्ध गर्ने मुद्दालाई नेपाल शिक्षक महासङ्घले पनि उठाउन थालेको छ । सरकारले पनि निजी विद्यालयले आम्दानी र खर्चको ६०÷४० को अनुपातमा पारदर्शीरुपमा गर्न पटकपटक आग्रह गरेको छ । निजी विद्यालयले विद्यार्थीसँग वर्षमा १२ महीनाको शुल्क उठाउँछन् । दशैँ पेश्कीसहित शिक्षकलाई १३ महीनाको तलब दिनुपर्नेमा सबै विद्यालयमा यो सुविधा छैन ।

हालै सङ्घीय संसद्बाट जारी भएको निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी ऐनमा निजी विद्यालयले शिक्षक कर्मचारीलाइ श्रम ऐनअनुसार सुविधा दिनुपर्ने व्यवस्था गरेकोमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) ले अहसमति जनाएको छ । उक्त असहमतिलाई इस्टु नेपालले गम्भीर आपत्ति जनाएको छ । इस्टु नेपालले नेपालको संविधान, श्रम ऐन, २०७४, अन्तर्राष्ट्रिय श्रम अभिसन्धि र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को महासन्धिअनुसार निजी विद्यालयका शिक्षकको टे«ड युनियन अधिकारलाई कुण्ठित हुने वातावारण सिर्जना नगर्न सरकार र सञ्चालक पक्षमा दबाब दिँदै आएको छ ।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गाना सञ्चालक र शिक्षकबीचको सम्बन्ध विगतको तुलनामा सौहार्द हुँदै गएको दाबी गर्नुुहुन्छ । उहाँले भन्नुभयो, “कतिपय विद्यालयमा सरकारी मापदण्डभन्दा बढी पनि तलब छ । विद्यालय बचाउन हामी दुवै पक्ष लाग्नुपर्छ । गम्भीर समस्या आएमा प्याब्सनले सहजीकरण गर्छ ।” एन प्याब्सनका पूर्वअध्यक्ष कर्णबहादुर शाही पनि विद्यालय सञ्चालक र शिक्षकको आपसी बुझाइ क्रमशः मजबुत हुँदै गएको जनाउँदै कतिपय विद्यालयमा शिक्षकले पनि शेयर बन्ने क्रम चलेकाले विगतमा जस्तो समस्या नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

‘मध्यपूर्वमा युद्धको आगो : प्रचण्ड र ओली चिन्तित, लाखौं नेपालीको ज्यान जोखिममा !’

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ४० पुग्यो

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com