
काठामाडौं,२१ असोज । नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ ले पार्टी एकता प्रक्रिया लम्बिएकोमा असन्तुष्टि जनाएका छन् ।
बनेपामा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले पार्टी एकता प्रक्रिया लम्बिएकोमा असन्तुष्टि जनाएका हुन ।
उनले पार्टी एकता प्रक्रिया लम्बिएकै कारण सरकार पार्टीविहीन जस्तो भएको बताएका छन । उनले भने मैले तीन दिनमा सक्ने काम दुई अध्यक्षले वर्ष वित्न लाग्दा किन सक्नु भएन सरकार पार्टीविहीन भएको छ, सरकारको पक्षमा बोल्ने कि नबोल्ने अन्यौलमा छौं ।’
सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको समेत उनले दाबी गरे ।



















प्रतिक्रिया दिनुहोस्