
काठमाडौं,२० असोज । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सरकारको आलोचना नगर्न सबैलाई आग्रह गर्नु भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले ३ वर्ष अघि जारी भएको ‘संविधान कार्यान्वयनका लागि तत्काल पहल नगर्ने को हुन ?’ भनेर खोजी गर्न केन्द्रित हुन पनि सबैलाई आह्वान गर्नु भयो ।
उहाँले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति संकेत गर्दै संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमिक्षा गर्न जरुरी रहेको पनि बताउनु भयो ।
उपप्रधानमन्त्री पोखरेलले वर्तमान सरकारले विगतका सरकारले नगरेको संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणको काममा केन्द्रित हुनु परेकाले अरु कामलाई अघि बढाउन नसकेको पनि स्पष्ट पार्नु भयो ।
उपप्रधानमन्त्री पोखरेलले परिवर्तित सन्दर्भ अनुसार मेल नखाने नीति, विधि र संरचना खारेज गर्ने घोषणा पनि गर्नु भयो ।
शनिबार धोबीखोला करिडोर परियोजनासम्बन्धि नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले काठमाडौंको ढल, सडक, खानेपानीलगायतका संस्थाहरुको संरचना अन्तरविरोधी रहेको उल्लेख गर्दै काममा बेमेल हुने नीति, विधि र संरचना खारेज गर्ने बताउनु भएको हो ।
उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार नीति, विधि र संरचना तयार पारेपछि सरकारको कामले गति लिने विश्वास पनि व्यक्त गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्