ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुराको पाण्डवगुफा गापामा एमाले विजयी


admin
असार १६, २०७४ शुक्रबार   १० : ३१   बजे

 

बाजुरा, १६ असार । स्थानीय तहको दोस्रो चरणको मत आउन थालेको छ । उत्तरी भेगको पाण्डवगुफा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही विजयी भएको निर्वाचन अधिकृत प्रकाशराज पौडेलले बताउनुभएको छ । उहाँका अनुसार शाहीले एक हजार ४५१ मत ल्याएर विजयी हुनुभएको हो ।

यसैगरी, उहाँका प्रतिद्वन्द्वी नेकाका अध्यक्ष पदका उम्मेदवार सुन्दर विष्टले ९८९ मत ल्याउनुभएको हो । गाउँपालिका उपाध्यक्षका एमालेकै ऐना गिरी विजयी भएकी छन् । गिरीले एक हजार ४९० मत ल्याएर विजयी हुनुभएको छ ।

नेकाकी उपाध्यक्ष उम्मेदवार तारा रोकाया (डडाल)ले ९८७ मत पाउनुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभएको छ । पौडेलले दिएको जानकारीअनुसार नेकपा (एमाले)ले चार वडा जितेको छ भने नेकाले एक र माओवादी केन्द्रले एक वडा जितेको बताइएको छ ।

काँग्रेस नौ, एमाले नौ वडामा विजयी

यसैगरी, स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रममा जिल्लाका नौ स्थानीय तहमध्ये सात तहको मतपरिणाम मात्र सार्वजनिक भएको छ ।

सञ्चारको पहुँच नभएका कारण स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाको मतपरिणाम थाहा हुन सकेको छैन । १८ मतदान केन्द्रको मतपरिणामअनुसार नौमा नेपाली काँग्रेस, नौमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेका छन् ।

मतपरिणाम आएअनुसार त्रिवेणी नगरपालिका–१ मा नेकाको सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षमा नेकाका खम्म दमाईंले २८७ मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मनराजे बुढाले २१९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत सुरेशराज पन्थीले बताउनुभएको छ ।

यसैगरी, वडा नं ९ मा नेकाको प्यानल विजयी भएको छ । नेकाको वडाध्यक्षमा वीरबहादुर विष्टले ५२८ मतले विजयी भएका छन् । नेकपा एमालेका प्रतिद्वन्द्वी कर्णबहादुर साउदले ४०५ मत प्राप्त गरेका छन् ।

बूढीनन्दा नगरपालिका–१ मा नेकाका नृप खत्रीले ४०५ मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानबहादुर कार्कीले ३५२ मत ल्याएका छन् ।

त्यस्तै, पाण्डवगुफा गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष प्रकाश शाही विजयी भएका छन् भने वडा नं ६ मा नेकपा (एमाले)का वडाध्यक्षमा कलकबहादुर विष्ट विजयी भएका छन् ।

दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउन थालेपछि नेकाले छेडेदह गाउँपालिकाका दुई र नेकपा (एमाले)ले दुई वडा जित्न सफल भएको छ । छेडेदह गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का वडाध्यक्ष वीरबहादुर रावलले ६६१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम नेकाका टेकबहादुर रोकायाले ३९० मत ल्याउनुभएको छ ।

यसैगरी, वडा नं २ मा नेकाका वडाध्यक्ष मीनबहादुर शाहीले ५७९ मत ल्याएर विजयी भएका छन् भने नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार मानबहादुर बुढाले ३३० मत प्राप्त गर्नुभएको छ । वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष दीपकबहादुर रावतले ३९० मत प्राप्त गरेर विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडाध्यक्ष दिलबहादुर रावतले २८४ मत ल्याउनुभएको छ ।

वडा नं ४ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकाका हर्कबहादुर रावतले ६०३ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल्ली सुनारले २९५ मत ल्याउनुभएको छ ।

बडिमालिका नगरपालिका–१ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्कीले ५०४ मत पाएर विजयी हुनुभएको हो । उहाँका निकटतम नेकपा एमालेका दिलबहादुर विकले २८३ मत ल्याउनुभएको हो ।

यसैगरी, वडा नं २ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार डम्वर महतले २४२ मत ल्याएर विजयी हुनुभएको छ भने नेकाका गोपाल कार्कीले २३६ मत पाउनुभएको छ ।

वडा नं ३ मा नेकपा (एमाले)को सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार वीरबहादुर रावलले ३४८ मत ल्याएर विजयी हुनुभएको छ भने नेकाका नन्दलाल खड्काले १४४ मत ल्याउनुभएको हो ।

वडा नं ४ मा पनि नेकपा एमालेको सिङ्गो प्यानल विजयी भएको हो । एमालेका वडाध्यक्ष सुरेन्द्र नाथले १४९ मत पाएर विजयी भएका हुन् । नाथका प्रतिद्वन्द्वी नेकाका सुरेन्द्रबहादुर सिंहले १२० मत ल्याउनुभएको हो ।

वडा नं ५ मा नेकाका सिङ्गो टोली विजयी भएको छ । नेकाका बलबहादुर थापाले २३३ मत ल्याएर विजयी भएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवु साउदले १३२ मत पाएका छन् ।

वडा नं ६ मा नेपाली काँग्रेस विजयी भएको छ । नेकाका वडाध्यक्षका उम्मेदवार कलादेवी बडुवालले ५५४ मत ल्याएर विजयी भएकी छन् भने नेकपा (एमाले)का करे बडुवालले ३७३ मत ल्याउनुभएको हो ।

गौमुल गाउँपालिकामा नेकपा (एमाले)ले नं १, ५ र ६ मा विजयी भएको बताइएको छ । विजयी हुनेको नाम भने खुल्न आएको छैन ।

बडिमालिका–७ मा एमाले र ८ मा नेकाँ

यस्तै, बडिमालिका नगरपालिका–७ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार धर्मराज पाध्यायले ४३३ मत ल्याएर विजयी भएका हुन् भने नेकाका वडाध्यक्षका उम्मेदवार विजयराज पण्डितले ४२९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, वडा नं ८ मा नेकाको सिङ्गो प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार प्रकाश रावलले ४८० मत ल्याएर विजयी हुनुभएको हो । रावलका निकटतम नेकपा (एमाले)का दलबहादुर थापाले ४०३ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group