काठमाडौं, ५ असोज । प्रधानन्याधिश ओमप्रकाश ले न्यायपालीका , न्यायको संवैधाननिक मूल्य र मान्यताप्रति बिचलित नभएको बताउनुभएको छ ।
२७ औं कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौमा उद्घाटन गर्देै प्रधानन्यायधिश मिश्रले न्यायपालीकाले स्वतन्त्रतता कायम गर्ने समेत बताउनुभयो ।
उहाले न्यायपालीकालाई व्यवस्थीत र स्वतन्त्र ढंगले अघि बढाउन सबै कानुन व्यवसायीको साथ आवश्यक रहेको धारणा पनि राख्नुभयो । कुनै पनि संस्थामा कमि कमजोरी र गल्ती हुने भन्दै यसलाई सच्चाउदै अघि बढ्नुपर्ने उहाको भनाई छ ।
उहाले कसैलाई पनि अन्याय नहुने गरि कार्यसम्पादन गर्नका लागी कुरीतिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाले बिधीको शासनको स्थापना र संबिधानको परिपालन , लोकतन्त्रको सुदृढिकरण तथा न्यायको पहुचमा अभिवृद्धिका लागी कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो ।
कार्यक्रममा नेपाल वार एशोसियसनका अध्यक्ष शेर वहादुर केसीले न्याय क्षेत्रमा महिलाको सहभागीता बढाउनका लागी बारले सदैव सकारात्मक कार्यक्रम ल्याईने जानकारी दिनुभयो । त्यस्तै देवानी संहितामा देखिएका कमिकमजोरीलाई सच्चाउनका लागी पनि बारले छलफल चलाएको बताउनुभयो ।
शनिबारसम्म चल्ने सम्मेनल महिला कानून व्यवसायीहरुको हक, अधिकारको सवाल, सबै क्षेत्रमा महिलाहरुको पहुँच, संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व लगायतका विषयमा छलफल हुने छ ।



















प्रतिक्रिया दिनुहोस्