
काठमाडौं,५ असोज । खानेपानी मन्त्री बिना मगर वीर अस्पताल पुगेकी छन् । मन्त्री मगर शुक्रबार बिहान अनुगमनको क्रममा वीर अस्पताल पुगेकी हुन ।
उनले अस्पतालमा उपलब्ध खानेपानीको अवस्था र ढल व्यवस्थापन विषयमा अनुगमन गरेकी छन।
मगरले राजधानीमा सञ्चालनमा रहेका ठूला अस्पतालहरुको अनुगमन गरिरहेकी छन् । उनले वीर अस्पतालपछि टिचिङ अस्पताल र ग्रान्डी अस्पतालमा रहेको खानेपानी र ढलको अनुगमन गरेकी छन ।



















प्रतिक्रिया दिनुहोस्