ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक कारोबार नहुँदा आयोगको काम ठप्प


bhawani desk
आश्विन ४, २०७५ बिहीबार  १ : १८ बजे

दाङ,४ असोज । सत्य निरुपन तथा मेलमिलाप आयोग प्रदेश मुकाम तुलसीपुर हिजोआज सुनसान जस्तै छ । एक जना अधिकृत कार्यालयमा बसिरहेका हुन्छन् ।

अरु कुर्सी प्राय खाली हुन्छन् । दैनिक कामकाज ठप्प हुनेगरेको छ । दुई महिना देखि आयोगको काम एक कदम पनि अघि बढ्न सकेको छैन् ।

दुई महिना अघि दैनिक कम्तिमा पनि ४-५ वटा उजुरीको प्रारम्भीक अनुसन्धान हुन्थ्यो, तर हिजोआज एउटा पनि उजुरीको अनुसन्धान नभएको अधिकृत हेमराज अधिकारीले बताउनुभयो ।

तत्कालिन नेकपा (माओवादी )र तत्कालिन राज्यपक्षबाट पीडित भएकाहरुको उजूरीको सुनुवाई तथा प्रारम्भीक अनुसन्धान तथा न्यायीक व्यस्थापन गर्ने उदेश्यले खोलिएको प्रदेश मुकामबाट अहिलेसम्म करिब सात सय मात्रै मुद्धाको प्रारम्भीक अनुसन्धान भएको अधिकृत अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आबश्यक अनुसार कर्मचारी नहुँदा हिजोआज काम ठप्प जस्तै छ ।’ आयोगमा पहिलो चरणमा १२ सय मुद्धाको फाईल मुकाम कार्यालय तुलसीपुर आएको थियो । अर्को पटक ५ सय फाईल दाङ आएको अधिकारीले बताउनुभयो ।त्यस मध्य अहिलेसम्म सातसय फाईललाई प्रारम्भीक अनुसन्धान गरि पठाईएको उहाँले बताउनभुयो ।

गएको वर्ष माघसम्म सबै फाईलको प्रारम्भीक अनुसन्धान गरिसक्नु पर्ने भएपनि आउदो माघसम्म पनि प्रारम्भीक अनुसन्धान हुन नसक्ने अवस्था रहेको मुकाम संयोजक चक्रदेव आचार्यले बताउनुभयो । उहाँका अनुसार करिब दुई महिना देखि कार्यालयबाट लेखापालको अवकासमा गएपछि कामकाज पूर्णरुपमा ठप्प भएको उहाँले बताउनुभयो । ‘दुई महिना देखि लेखापालको दरबन्दी रिक्त भएको छ’ उहाँले भन्नुभयो‘ त्यसले गर्दा पनि कामकाज ठप्प भएको छ ।’

लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको र आर्थिक कारोबार ठप्प हुँदा अन्य सेवा पनि प्रदान गर्न नसकिने उहाँको भनाई थियो ।

‘अनुसन्धानका क्रममा पीडितलाई कार्यालयमा बोलाउनु पर्ने र उनीहरुलाई यातायात वापतको भत्ताको ब्यबस्था गर्नुपर्ने हुन्छ’ उनले भने‘ लेखापाल नहुँदा पीडितलाई कार्यालयसम्म आउने तथा फर्कन यातायाता वापतको भत्ता उपलब्ध गराउन नसक्ने अवस्था भएपछि काम पूर्ण रुपमा ठप्प भएको छ ।’

लेखापालको दरबन्दी पूर्ति नहुँदासम्म काम शुरु नहुँने उनले बताए । लेखापालसहित दरबन्दी अनुसारका कर्मचारी नपठाउदासम्म यो समस्या ज्यूका त्यू रहने उनले बताए ।

उनका अनुसार मुकाममा दुई जना बिज्ञको दरबन्दी खाली छ । त्यस्तै २ जना अधिकृतको दरबन्दी मध्ये एकजना मात्रै कार्यरत छन् । त्यस्तै ४जना नासु मध्य अहिले एकजना मात्रै कार्यरत छन् ।

प्रदेश नं ५ को उच्च अदालत र सरकारी वकिलको कार्यालयमा रहेका मुकाको नेतृत्व उच्च सरकारी वकिल कार्यालयका प्रमुखले गर्नेछन् । गतजेठमा तुलसीपुरमा मुकाम स्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com