
काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारका निर्णयहरु न्यायालयले धमाधम उल्टाएको भन्दै आपत्ती जनाएको छ ।
प्रतिनिधीसभाको सोमबारको बैठकको बिषेश समयमा (नेकपा) की सांसद पम्फा भुसालले डेढ–दुई महिना अनुसन्धान गरेको सुनकाण्डका अभियुक्तहरुलाई समेत अदालतले साधारण तारेख वा न्यूनमत धरौटीमा छाडेको भन्दै न्यायलयले परिर्वतनलाई स्वीकार गर्न सकेको बताउनुभयो ।
त्यस्तै न्यायपालिकाले लोकतन्त्र र जनमतलाई स्वीकार गर्न नसकेको समेत बताउनुभयो ।
राज्यका न्यायपालीका कार्यपालीका र व्यवस्थापिका बिचको समन्वयनमा नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा पनि राख्नुभयो । सरकारले गर्ने निर्णय कतिपय भोलि, कतिपय एक हप्ता र कतिपय महिना दिनमा उल्टाइने गरेको भन्दै उहाले परिर्वतनलाई स्वीकार अपील पनि गर्नुभयो
उहाले अहिले मुलुकमा भईरहको हिंसात्मक घटनाले त्रास उत्पन्न भएको भन्दै यसको नियमसंगत ढंगले अपराधी खोजी गर्न राज्य गम्भीर हुनुपर्ने धारणा पनि राख्नुभयो



















प्रतिक्रिया दिनुहोस्