ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने: प्रविधिमन्त्री बाँस्कोटा


bhawani desk

 काठमाडौं,३१ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताउनुभएको छ ।

दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी भई उहाँ आज स्वदेश फर्कनुभएको हो । दक्षिण कोरियाको सोलमा सम्पन्न उक्त बैठकमा एशिया प्रशान्त क्षेत्रका १२ देशका सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सहभागिता थियो ।
स्वदेश फर्कने क्रममा मन्त्री बाँस्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा मूलभूत रुपमा विश्वमा प्रचलित आधुनिक सूचना प्रविधिमा पछिल्लो समयमा देखिएका चुनौतीको सामना गर्ने सन्दर्भमा आपसी सहकार्यका बारेमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आधुनिक सूचना प्रविधिको नयाँ रुप ‘विग डाटा’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता विषयमा पनि समाजलाई अघि बढाउनुपर्छ र त्यसका लागि हरेक देशले तयारी गरी आपसी सहकार्य गर्ने बारेमा छलफल भयो ।”
बैठकमा सूचना प्रविधिलाई आमजनताको पहुँच तथा जनताको आयमा प्रयोग गर्ने र सूचना प्रविधिको सुरक्षाबारेमा समेत छलफल भएको मन्त्री बाँस्कोटाले जानकारी गराउनुभयो ।

बैठकमा हरेक समाजका मूल्य मान्यता र संस्कृतिको संरक्षण गर्दै डिजिटल प्रविधिको विकासका सन्दर्भमा समाजलाई आधुनिकतातर्फ लैजाने सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।

भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले दक्षिण कोेरियाका सूचना तथा विज्ञान प्रविधिमन्त्री यू योङ मिनसँग द्विपक्षीय वार्ता र छलफल भएको अवगत गराउँदै दक्षिण कोरियाले नेपालको ‘डााटा सेन्टर’लाई विस्तार र थप सुदृढ गर्न सहयोग गर्न सकारात्मक देखिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “चुनौती बन्दै गएको साईबर सुरक्षामा ज्ञान आदानप्रदान र डिजिटल साक्षरतामा पूँजी, प्रविधि र ज्ञानका क्षेत्रमा सघाउने विषयबारेमा सकारात्मक छलफल भयो ।” भ्रमणमा सूचना प्रविधिमा सहकार्यका लागि महत्वपूर्ण घोषणा भएको र कोरियासँगको द्विपक्षीय भेटवार्ता पनि नेपालको लागि लाभदायी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com