ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकीको टेक्सासमा प्रकोप घोषणा


bhawani desk
भाद्र ३०, २०७५ शनिबार  १ : ३४ बजे

एजेन्सी,३० भाद्र । संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ ।

यसले गर्दा यहाँका दर्जनौँ जिल्ला (काउन्टी) मा प्रभाव पारेको छ ।
यस राज्यका गभर्नर जर्ज अबोटले राज्यका ७८ काउन्टीमा प्रकोप रहेको भन्दै ती राज्यलाई प्रकोप प्रभावित घोषणा गर्नुभएको छ ।

ती राज्यमा आँधीको पनि सम्भावना रहेको बताइएको छ । त्यसैले सतर्कता अपनाउन भनिएको छ । गभर्नर अबोटले ती प्रभावित काउन्टीहरुमा सहायताका लागि अधिकारीहरु खटाउने तयारी गरिएको बताउनुभएको छ ।

अहिले नै निकै नै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रहरुमा अझ आँधी आउने सम्भावना देखिएकोले प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो ।
आँधीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ ।

ती क्षेत्रका नागरिकलाई सतर्कतासाथ बस्न भनिएको छ । अमेरिकाका अरु पनि केही राज्यमा आँधीको सम्भावना रहेको सूचना शुक्रबार नै जारी गरिएको थियो ।

गत वर्षको अगष्तमा पनि यस राज्यमा आएको आँधीले ठूलो क्षति पु¥याएको थियो । अहिले पनि शुक्रबार र शनिबार आँधीको पनि सम्भावना रहेको मौसमसम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

टेक्सासमा गत वर्ष आएको आँधी ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आएको बताइएको थियो । यसवर्ष पनि ती स्थानमा यस्तै आँधीको त्रास रहेको बताइएको छ ।

अमेरिको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको यस शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भइसकेको छ । कतिपय संचार माध्यमहरुले भने मृत्यु हुनेहरुको संख्या चार भन्दा बढी भएको समाचार संप्रेषण गरेका छन् । तर यसको पुष्टि भने भएको छैन् ।

नर्थ क्याराेिलनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ । ती बच्चाका बुवा भने घाइते भएका र उपचारका लागि अस्पताल पुयाइएको अधिकारीहरुले जनाएका छन् ।
अन्य दुई जनाको पनि अर्कै ठाउँमा मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका समाचारमा जनाइएको छ ।

नर्थ क्यारोलिनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ आयोजित पत्रकार सम्मेलनमा अरु पनि कयौंको मृत्युको खबरहरु आइरहे पनि पुष्टि हुन भने बाँकी रहेको जानकारी दिनुभयो ।

घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेको पनि उहाँले बताउनुभयो ।
मौसम अधिकारीहरुले हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ।

आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान स्थानीय सरकारले आह्वान गरेको छ । विस्थापित भएकाहरुका लागि १५७ ओटा आश्रयस्थलहरु बनाइएको छ ।

आँधी आएपछि सात लाख ६० हजार भन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको र सेवा सुचारु हुन केही दिन लाग्न सक्ने सरकारी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com