
काठमाडौं,२२ भाद्र । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अहिलेसम्मकै ठूलो मुद्धा लगाइएको छ । उनलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लगाइएको हो ।
नेपाली काँग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्वकर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने भएको छ
। विश्वकर्मामाथि लागेको आरोपको सबै प्रमाण इलाका प्रहरी कार्यालयले कार्यालय तुलसीपुरले जुटाउनेछ । विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचीमा परेका विश्वकर्मालाई साउन २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।
विश्वकर्मालाई विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत पुर्याइँदै आएको छ ।
विश्वकर्माविरुद्ध भोजपुरमा तीन वटा मुद्दा दर्ता थियो । दुई मुद्दामा २५र२५ हजार र बाँकी एक मुद्दामा १० हजार गरी ६० हजार धरौटीमा उनलाई रिहा गरिएको थियो ।
भोजपुरबाट धरौटीमा छुटेका विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ पुर्याइँदैछ ।



















प्रतिक्रिया दिनुहोस्