महोत्तरी, ११ भाद्र । महोत्तरीमा आठ महिने बालिका अपरहणमा परेकी छन् ।
जिल्लाको औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी आइतबार साँझ अपहरणमा परेकी हुन् । महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले ती बालिका लिएर हिँडेको र अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उक्त व्यक्ति औरही बजारमा आइरहने र चिनेजानेकै भएकाले आइतबार साँझ ६ः३० बजे ती बालिकालाई खेलाउने क्रममा घरबाटै लिएर हिँडेको परिवारले जनाएका छन् । बालिकाको खोजतलास भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्