
काठमाडौं,८ भाद्र । विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट नेकपा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले एनसेल टावर आक्रमणको मुद्दामा नुवाकोट लगेको छ।
सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै उनी बिहीबार पक्राउ परेका थिए । सर्वोच्चबाट निस्किएलगत्तै अर्को मुद्दामा पक्राउ गरी प्रहरीले काभ्रे लगेको थियो । त्यहाँबाट पनि बेलुकै उनलाई नुवाकोट लगिएको छ।
भोजपुर, काभ्रे, नुवाकोटमा एनसेल टावरमा तोडफोड र आगजनी गरेको मुद्दा उनीमाथि छ। विप्लव नेतृत्वको नेकपाले केही समयअघि एनसेलका टावरमाथि शृंखलाबद्ध आक्रमण गरी क्षति पुर्याएको थियो।



















प्रतिक्रिया दिनुहोस्