
काठमाडौं,७ भाद्र । वैदेशिक रोजगारीमा सरकारले सीप भएका जनशक्तिलाई मात्रै पठाउने भएको छ ।
बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विष्टले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिक्न सरकारले आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पार्नुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले सीप भएका जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने अनिवार्य व्यवस्था गर्न लागिएको जानकारी गराउनु भएको हो ।
सरकारले स्वदेश भित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई पहिलो प्राथमिकता दिएको मन्त्री विष्टको भनाई छ । नेपालले १ सय १० वटा मुलुकलाई वैदेशिक रोजगारीमा जान खुला गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्