ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगर बन्न सफल :मुख्यमन्त्री पोखरेल


bhawani desk

नवलपरासी, ३ भाद्र  ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गर्नुभयो ।

सङ्घीय संरचना अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सुनवल देशकै पहिलो बालमैत्री नगर ( स्थानीय तह ) बन्न सफल भएको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेश भन्दा ५ नं प्रदेश समृद्धि र विकासका क्षेत्रमा बलियो प्रदेश बन्ने बताउनुभयो । यस प्रदेशको चौतर्फी विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै उहाँले भौतिक पूर्वाधार, पर्यटन, आर्थिकलगायत सबै क्षेत्रका विकासका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ भन्नुभयो ।

 

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशलाई समृद्धि र विकास तर्फ उन्मुख बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बालमैत्री स्थानीय शासनको अवधारणा अन्तर्गत बालबालिका क्षेत्रका विविध काम गरी देशमै पहिलो बालमैत्री नगर बन्न सफल भएको सो नगरपालिकाका प्रमुख भीमबहादुर थापा(भरत)ले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका ४२ विविध सूचककोमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार सफलता हासिल गरेको छ ।

साविक सुनवल नगरपालिका यसअघि नै ०७२ जेष्ठ ३२ गते देशको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको थियो । सङ्घीय संरचनाअनुसार थप तीन वडाले आवश्यक सबै सूचक र लक्ष्य पूरा गरिसकेको छ ।

सेवा प्रवाह सम्बन्धी २७ र संस्थागत तर्फ १२ र अन्य तीन गरी कूल ४२ सूचकमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार उपलब्धि हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो पटक बालमैत्रीको क्षेत्रमा नेपालमा प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै गएको बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकामा कूल ६८ हजार ८२ जनसङ्ख्यामध्ये २८ हजार २६० बालबालिका छन् । नगरपालिकामा १६० बाल क्लब छन् । त्यस्तै १३ वडास्तरीय बाल क्लब र एक नगरस्तरीय बाल क्लब सञ्जाल छन् । पश्चिम नवलपरासी जिल्लामा सात स्थानीय तह छन् । अब नगरलाई महिला र वातावरण मैत्री बनाउने लक्ष्य लिइएको नगरपालिकाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com