
चितवन, २७ साउन । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारी विद्यालय र सरकारी स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
मुलुकका ८० प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा अध्ययन गर्ने र त्यति नै बिरामीहरु सरकारी अस्पतालमा उपचारका लागि जाने भएकाले ती दुईलाई प्राथमिकतामा राखेर काम गरेमा मुलुकको समृद्धि चाँडै हुने यादवको भनाइ छ ।
आइतबार चितवनको भरतपुर अस्पतालको अवलोकनपछि आयोजना गरिएको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादवले सहरी क्षेत्रलाई हेरेर भन्दा पनि ग्रामीण क्षेत्रका बासिन्दालाई हेरेर सरकारले कार्यक्रम ल्याउने बताउनुभयो ।
बाटोघाटो लगायतका अन्य विकासका कार्यक्रमहरु भन्दा पनि नगारिकको स्वास्थ्य अवस्था राम्रो भएन भने त्यसले विकास गर्न नसकिने यादवको भनाइ छ ।
संघीयता बलियो बने मुलुकको विकास र समृद्धि त्यतिनै अघि बढ्ने भन्दै मन्त्री यादवले प्रदेशलाई उपेक्षा गरेर देशलाई समृद्ध बनाउन नसकिने दावी गर्नुभयो । अबको नेपालमा अधिकार, स्रोत र शक्ति प्रदेश तथा स्थानीय सरकारलाई दिनुपर्ने भएकाले देशमा संघीयता संस्थागत बनेमात्रै जनतालाई प्रदान गरिने सेवा दह्रो हुने मन्त्री यादवको तर्क छ



















प्रतिक्रिया दिनुहोस्