ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन निर्माणका लागि एकैदिनमा २२ लाख सहयोग घोषणा


bhawani desk

बिर्तामोड, २७ साउन । वीरता जेसीजले निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आइतवार एकैदिन विभिन्न दाताहरुले २२ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको सामुदायिक भवन निर्माणका लागि सहयोग घोषणा कार्यक्रमकाबीच दाताहरुले उक्त रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

समुदायलाई प्रत्यक्ष सेवा पु¥याउने उद्देश्यले जेसीजको समेत इतिहास र सुनौलो भविष्य बनाउने गरी निर्माण गर्न लागिएको सामुदायिक भवनका लागि सहयोग गर्न संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले आह्वान गरेसँगै दाताहरुले सहयोग घोषणा गरेका हुुन् ।

वीरता जेसीजले जग्गादाताको रुपमा बसी दिन आग्रह गरेसंगै संस्थापक अध्यक्ष बस्नेतले आफ्नो परिवारबाट जेसीजको आग्रह स्वीकार्दै राम्रो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

पहिलोचरणमा जेसीजभित्रैबाट सहयोग संकलन अभियान शुरु गरिएको हो । जसअन्तर्गत अधिकांश पूर्वअध्यक्षहरुले जनही एक लाख रुपैयाँ सामुदायिक भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

वीरता जेसीजका दीर्घकालीन योजना सभापति तथा पूर्वअध्यक्ष राजकुमार पोखरेलले पूर्वअध्यक्ष तथा अन्य दाताहरुकोतर्फबाट २२ लाख रुपैयाँ बढी नगद सहयोगको घोषणा गरेका हुन् ।

सोही समारोहमा उपस्थित गोर्खा फाउण्डेशनका अध्यक्ष तथा गोर्खा टेलरिङका सञ्चालक वीरबहादुर दर्नालले ५१ हजार, लेखक भगवती ढुंगेल तथा जनक खड्का दम्पत्तिले ५० हजार, मनकामना आइसक्रिमका सञ्चालक पदम बुढाथोकीले २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

वीरता जेसीजले समाजमा दीगो रुपमा टेवा पु¥याउन सामुदायिक भवन निर्माण गर्न लागेकोमा आफूहरु खुशी र उत्साहित भएको बताउँदै उनीहरुले स्वःस्फूर्त सहयोगको घोषणा गरेका हुन् ।

बिर्तामोड–२ मा वीरता जेसीजलाई प्राप्त तीन कठ्ठा जग्गामा अरु दुई कठ्ठा थप गरी ५ कठ्ठा पु¥याउने लक्ष्य लिइएको छ । उक्त जग्गामा सुुविधासम्पन्न सामुदायिक भवनसहित ट्रेनिङ इन्स्टीच्यूट तथा जेसीज सचिवालय रहने बताइएको छ ।

करिब तीन करोड रुपैयाँ लागतमा निर्माण गरिने भवनका लागि वीरता जेसीजका पूर्वउपाध्यक्ष ओमभक्त प्रसाईं, पूर्वअध्यक्षहरु सुरेश बंशल, राजकुमार पोखरेल, शेखर ढकाल, शिवकुमार अग्रवाल र प्रमेश राजकर्णिकारले संयुक्त रुपमा तीन कठ्ठा जग्गा प्रदान गरेका छन् ।

बिर्तामोडको आवश्यकतालाई धान्न बन्न लागेको सामुदायिक भवनका लागि कम्तीमा ५ कठ्ठा जग्गा चाहिने हुँदा आवश्यक दुई कठ्ठा जग्गामध्ये एक कठ्ठा तिनै दाताहरुलाई थप गरिदिन र १ कठ्ठा संस्थापक अध्यक्षको परिवारबाट खरिद गरिदिन वीरता जेसीजले आग्रह गरेको छ । जेसीजको आग्रहलाई दुबै पक्षले सकारात्मक रुपमा लिएको बताइएको छ ।

समारोहका प्रमुख अतिथि राष्ट्रिय सभाका पूर्वसांसद डिल्ली सिटौलाले कार्यक्रमको उद्घाटन गर्दै समाजमा जेसीजको योगदान अनुकरणीय रहेको बताए । निवर्तमान अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक सञ्जु भारतीले स्वागत गरेको कार्यक्रममा भवनको नक्सासहितको गुरुयोजना कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट नागरिक २०७४ तथा सहारा नेपाल सोकासका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंं १का सदस्य बलराम कार्की लगायतले समेत विभिन्न निकायमा पहल गरेर जेसीजको सामुदायिक भवन निर्माणका लागि तन, मन, धन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महासचिव कमलप्रसाद पाण्डे बिनोदले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष युवराज कुँवरले आस्था वाचन तथा कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

कार्यक्रममा जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोडका प्रहरी प्रमुख डीएसपी कृष्णप्रसाद कोइराला, वीरता जेसीजका पूर्वअध्यक्षहरु रामलोचन न्यौपाने, सुरेश बंशल, जितेन्द्र बस्नेत, शिवकुमार अग्रवाल, राजेन्द्र चम्लागाई, प्रमेश राजकर्णिकार, विशाल थापा, आनन्दकुमार बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईं, नृत्य कलाकार संघ झापाका अध्यक्ष एलसी श्रेष्ठ लगायतको आतिथ्य रहेको कार्यक्रमका सहसंयोजक पुकार बरालले जानकारी दिए ।

युवाका मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्त १२ तारिकमा अन्तराष्ट्रिय युवा दिवस मनाइदै आएको छ । युवाको संस्था जेसीजको दीगो विकास र समुदायमा टेवा पुर्याउने गरी बनाउन लागिएको सामुदायिक भवन निर्माणमा सहयोग जुटाउदै वीरता जेसीजले यस वर्षको युवा दिवस मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com