ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लाका तीनवटै विमानस्थल अवरुद्धपछि यात्रु सास्ती


bhawani desk
श्रावण २३, २०७५ बुधबार  ४ : ४१ बजे

 खोटाङ, २३ साउन । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।

सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन् ।

जिल्लाको पुरानो लामिडाँडा विमानस्थल २०७४ साल वैशाखदेखि उडान तथा अवतरण भएको छैन । विसं २०२८ बाट सञ्चालनमा आएको सो धावन मार्गमा कालोपत्रेको काम थालेपछि अवरुद्ध भयो ।

नेपाल नागरिक उड्यायन प्राधिकरणको रु ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे थालिएकोमा आधा सकिएको स्टेशन म्यानेजर रमेश श्रेष्ठले बताउनुभयो । वर्ष दिनमा सक्नेगरी काम थालिएकोमा अहिले ग्याबिङ वाल भर्ने, धावन मार्गमा ग्राबेलिङ गर्ने र आसपासमा नाली बनाउने काम भएको छ ।

व्यस्त रहने लामिडाँडा विमानस्थलमा हवाईसेवा अवरुद्धपछि अस्पतालले अन्यत्र पठाइएका बिरामीलाई समस्या परेको छ । विमानस्थल कालोपत्रेको जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लिएको हो ।

दक्षिणी क्षेत्रको थामखर्क विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको दुई वर्ष भयो । कच्ची अवस्थामै उडान शुरु गरेको १८ वर्षपछि कालोपत्रे शुरु गरिएको विमानस्थल रौता कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

विसं २०७३ माघदेखि शुरु गरेर २०७५ साल असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता गरिएकोमा विमानस्थलको काम अहिले ७५ प्रतिशत मात्र सकिएको नेपाल नागरिक उड्यायन प्राधिकरणका इञ्जिनियर रत्न श्रेष्ठले बताउनुभयो । प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार ७०० लागतमा सो विमानस्थलको धावनमार्ग कालोपत्र शुरु गरिएको हो ।

जिल्लावासीको चन्दा सङ्कलनबाट बनाइएको सदरमुकाम दिक्तेलबाट नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल गत जेठबाट अवरुद्ध छ । जेठ १ गते दिउँसो परेको भारी वर्षापछि धावनमार्गमाथिबाट बगेको भलबाढीले पहिरो जाँदा विमानस्थल अवरुद्ध भएको हो ।

भलबाढीले धावनमार्गमुनी बनाइएको ढल थुनियो । माथिबाट बगेको बाढीले दक्षिणी भाग भत्किएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो गएपछि मर्मत गर्न सम्बन्धित निकायले ध्यान नदिँदा विमानस्थल अवरुद्ध भएको हो ।”

विमानस्थलसँगै जिल्लाका ग्रामीण सडकसमेत वर्षायाममा अवरुद्ध हुँदा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था पु¥याउनुपर्ने बाध्यता रहेको बराहपोखरी गाउँपालिका–५ का दीपक राईले बताउनुभयो । अवरुद्ध विमानस्थल र ग्रामीण सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने जिल्लावासीको माग छ ।

जिल्लाका अवरुद्ध विमानस्थल, ग्रामीण सडक र हरेक विकास निर्माणका काममा खबरदारी गरिरहेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो, “काममा विलम्ब गर्ने ठेकेदारलाई बोलाएर आफूले जिम्मा लिएका काम तत्काल पूरा गर्न पटक–पटक निर्देशन दिने गरेको छु ।”

अवरुद्ध विमानस्थल र ग्रामीण सडक आगामी भदौबाट नियमित गराउने ठेकेदार कम्पनीले जनाएको छ । जिल्लामा अहिले वर्षा भइरहेकाले कालोपत्रे लगायतका काममा कठिनाई भएको ठेकेदारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com