ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै


bhawani desk

 काठमाडौं,२३ साउन । सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको लक्षित कार्यक्रमअनुसार गुरुयोजनालाई अन्तिम रुप दिएको उपमहानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सर्वसाधारणलाई घुम्न तथा मनोरञ्जनका लागि सो उद्यान बनाउन लागिएको हो ।

गुरुयोजनाअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुने उद्यानको लागत रु पाँच अर्ब बढी लाग्ने तथा विभागले छिट्टै विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी छ । त्यसलाई बजेट विनियोजनसमेत भइसकेको छ ।

गत असारमा तयार भएको गुरुयोजनाको मस्यौदालाई विभागले स्थानीय तहका जनप्रतिनिधि, सङ्घ र प्रदेशसभाका सदस्य, सामुदायिक वनका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ र स्थानीय समुदायलगायत सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।

सो मस्यौदा स्वीकृतिका लागि विभागमार्फत मन्त्रालयमा पेश हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उपमहानिर्देशक कँडेलले भन्नुभयो, “गुरुयोजना निर्माणसँगै उद्यानको मुख्य कार्यालय भवन यो आवभित्र तयार हुन्छ, त्यसपछि फिल्ड कार्यालय निर्माण गरिनेछ ।”

उद्यानलाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ । वन्यजन्तु हेर्न सुरक्षित टावर तयार गरिने छ । विसं २०७१ माघ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडाँै उपत्यकाभित्र प्राणी उद्यान स्थापना गर्न सूर्यविनायक आसपासका सात सामुदायिक वनअन्तर्गतको २४५ हेक्टर वनक्षेत्र निर्धारण गरी काम शुरु भएको हो । हाल १० हेक्टर क्षेत्रफल थपिएको छ ।

भक्तपुरका सेतीदेवी, सूर्यविनायक, लिखानारायण, बालकुमारी, सञ्जीवनी, मन्थली र गौरादेवी सामुदायिक वनअन्तर्गतको उक्त क्षेत्रफलमा उद्यान स्थापना गर्न सीमाङ्कन निर्धारण गर्ने काम सम्पन्न भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७३ असार ९ गते सूर्यविनायकमा उक्त प्राणी उद्यानको शिलान्यास गर्नुभएको थियो । उद्यानलाई वन्यजन्तु उद्धार केन्द्रका रुपमा विकास गर्न सोहीअनुसारका पूर्वाधार निर्माणसमेत भइरहेको उपमहानिर्देशक कँडेलले बताउनुभयो ।

विभागले उद्यानको वरिपरि सिमाना छुट्याएर तारबार गरिसकेको छ । जम्मा १६ किमीको बार लगाउनुपर्नेमा १३ किमी सम्पन्न भइसकेको छ । बाँकी तीन किमी क्षेत्र मानवबस्ती अतिक्रमणमा परेकाले केही चुनौती देखिएको जनाइएको छ । सो क्षेत्रमा सरकारले पूर्वाधार निर्माण गरी बसिसकेका स्थानीयलाई केही राहत दिएर निकास दिनुपर्ने देखिन्छ ।

उद्यानलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामिक बनाउने तयारी छ । उद्यान धार्मिक, प्राकृतिक, मनोरञ्जन, अनुसन्धान तथा अध्ययनका लागि उपयुक्त केन्द्र हुने बताइएको छ ।

ठूला प्राणीलाई उद्यानमा सारिने

उद्यान स्थापनापछि ललितपुरस्थित सदर चिडियाखानामा नअटेका ठूला वन्यजन्तुलाई सारिनेछ । हाल विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका वन्यजन्तुलाई राखिने भएकाले सदर चिडियाखाना साँघुरो बन्दै गएको छ । व्यवस्थापन गर्न नसकिएका ठूला वन्यजन्तुलाई प्राणी उद्यानमा राख्दा उपयुक्त हुने चिडियाखानाका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताउनुभयो । चिडियाखानामा नयाँ वन्यजन्तु आएमा राख्ने ठाउँ साँघुरो भएको छ ।

सदर चिडियाखानामा बाघ, भालु, हात्ती, गैँडाजस्ता ठूला जनावर तथा अस्ट्रिच, खोया हाँस, गिद्धलगायतका ठूला पक्षीलाई राख्ने स्थान साँघुरो हँुदै गएको छ । जावलाखेलमा छ हेक्टर क्षेत्रफलमा रहेको सो चिडियाखानामा हाल १२७ प्रजातिका ९४२ जीवजन्तु छन् । सदर चिडियाखानामा दैनिक दुईदेखि तीन हजार दर्शक अवलोकनका लागि जान्छन् जसबाट वार्षिक रु १५ करोड हाराहारी आम्दानी हुने चिडियाखानाका प्रमुख पोखरेलले बताउनुभयो ।

साँघुरो क्षेत्रफलमा ठूला प्राणीले प्राकृतिक आनीबानी देखाउन नसक्ने यस क्षेत्रका विज्ञको धारणा छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com