
काठमाडौं,२१ साउन । पूर्व कानूनमन्त्री शेरबहादुर सम्पती विवरण सार्वजनिक गर्नुभएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिलेतामाङले पद छाडेको १५ दिनभित्र सार्वजनिक गनुपर्ने व्यवस्था भएको भन्दै तामाङले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सम्पती बिवरण सार्वजनिक गर्नुभएको हो ।
तामाङले थिति बसाल्नका लागि आफूले पद छाडेको १५ दिन समयावधि भित्रै सम्पत्ति विवरण सार्वजनिक गरेको बताउनुभयो ।
केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्ययेकमा सम्पती विवरण सार्वजनिक सम्बन्धी प्रावधान छ ।
भ्रष्टाचारको अन्त्य गर्नका लागी सार्वजनिक पद धारण गर्ने सबैले तोकिएको समयमा सम्पती बिवरण बुझाउनुपर्ने उहाले बताउनुभयो । लोकतन्त्रको जग पारदर्शिता र जवाफदेहिता भएको भन्दै तामाङले सम्पती सार्वजनिक गर्ने कानुन आफु कानुनमन्त्री हुदा अघि बढाईएको बताउनुभयो ।
त्यस्तै उहाले आफूले पदमा बहाल छँदा धेरै कानूनहरूको निर्माण अन्तिम चरणमा पुर्याएकोले अब ती कानूनहरूलाई छिट्टै पारित गरेर कार्यान्वयन गर्न सुझाव पनि दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्