
काठमाडौं,२१ साउन ।काँडाघारीमा आइतबार साँझ घरबाटै अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।
ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो ।
सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरेका छन ।
अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।
उता, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुर्इ अपहरणकारीको मृत्यु भएको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्