ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड


bhawani desk


बिर्तामोड,२१ साउन । चिया मजदुरको समस्यालाई समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्नेमा मजदुर नेताहरुले जोड दिएका छन् ।

२०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा आए मात्र समग्र क्षेत्रका मजदुरसँगै चिया मजदुरको समस्या समाधान हुने उनीहरुले औल्याएका छन् ।

चिया मजदुरका समस्या र समाधानका उपाय विषयमा सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी मजदुर नेताहरुले राजपत्र जारीमा ढिलाई तथा श्रम ऐन कार्यान्वयनमा आउन नसकेकोमा गुनासो गरे ।

चिया मजदुरका प्रतिनिधि, चिया उद्योग व्यवस्थापन पक्ष र सरकारबीच सहमति हुन नसक्दा राजपत्र जारी हुन नसकेको र श्रम ऐन कार्यान्वयनमा नआएको बताइएको छ ।
सरकार सकेसम्म सबै पक्षको सहमतिमा राजपत्र जारी गर्दा श्रम ऐन कार्यान्वयनमा सहज हुने भएकोले त्यसको प्रयत्नमा लागेको बताइन्छ ।

चिया मजदुर नेताहरु श्रम ऐन अक्षरशः पालना हुनुपर्नेमा जोड दिँदै आएका छन् भने चिया उद्योगीहरु श्रम ऐन अन्तर्गत छुट्टै चिया नियमावली बनाएर कृषि उद्योगको रुपमा रहेको चिया क्षेत्रलाई सहज बनाई श्रम ऐन कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको बुझिएको छ ।

मजदुर नेताहरुले श्रम ऐनमा मजदुरको स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यवस्था रहेकोले दुर्घटना बीमा अन्तर्गत थप तीन लाखको बीमाको व्यवस्थापन सम्बन्धित स्थानीय तहले व्यहोर्नुपर्ने माग अघि सारेका छन् ।

श्रम ऐनमा बार्षिक एक लाखको स्वास्थ्य बीमा जसको बीमा शुल्क मजदुर र व्यवस्थापन पक्षले आधा–आधा व्यहोर्नुपर्ने तथा दुर्घटना बीमा अन्तर्गत सात लाखको बीमामा सबै बीमा शुल्क उद्योगी पक्षले व्यहोर्नुपर्ने व्यवस्था छ । अहिले दुई सय ७८ रुपैयाँ दैनिक ज्याला बुझ्दै आएका मजदुरले श्रम ऐन कार्यान्वयन भए दैनिक पाँच सय रुपैयाँ ज्याला, थप १० प्रतिशत सञ्जय कोष र ८.३३ प्रतिशतको उपदान रकम पाउने व्यवस्था छ ।

त्यस्तै मासिक तलबी मजदुरले १३ हजार चार सय ५० रुपैयाँ पाउनुपर्ने व्यवस्था छ । चिया मजदुरले धेरै जोखिम र कम ज्यालामा काम गर्नुपर्ने बाध्यताका कारण धेरै समस्या आएको अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १का इञ्चार्ज भूपाल सापकोटाले बताएका छन् ।

त्यस्तै जिफन्ट प्रदेश नं. १का अध्यक्ष सन्तकुमार राईले कतिपय उद्योगीले उचित ध्यान नदिँदा चिया बगान धरासायी बन्दै गएको र चिया मजदुर विस्थापित हुने अवस्थामा पुगेको बताएका छन् ।

उद्योगीले ध्यान दिने हो भने चियाको गुणस्तर बढाउन सकिने र उद्योगको अवस्था राम्रो हुने उनको भनाइ छ ।  नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रका मजदुरको अवस्था दयनीय रहेको बताउँदै श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा जोड दिए ।

चिया बगान र उद्योगमध्ये सबैभन्दा बढी शोषण र पीडा नेपाल चिया विकास निगमका मजदुरहरुले व्यहोर्नुपरेको मजदुर नेताहरुले बताएका छन् । उनीहरुले श्रम ऐनको कार्यान्वयन नभए आन्दोलनमा उत्र्न बाध्य हुने समेत बताएका छन् ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अगुवाई गरेर राष्ट्रिय चिया नीति २०५७मा समयानुकुल परिमार्जन गरी समग्र चिया क्षेत्रको समस्यालाई सम्बोधन गर्न ढिलाई भएको उनीहरुले गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com