ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिमुखीकरण तलिम दिने संस्थाको धरौटी ३० लाख पुग्दै


bhawani desk
श्रावण २०, २०७५ आईतबार  ६ : ०९ बजे

काठमाडौं, २० साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम गराउँदै आएका संस्थाको धरौटी ३ लाख रुपैयाँबाट बढाएर ३० लाख पुर्‍याउने गृहकार्य सुरु गरेको छ।

सरकारले मेनपावर कम्पनीको धरौटी पनि ५ करोड रुपैयाँ पुर्‍याउने प्रस्तावसहित छलफलका लागि कानुन मन्त्रालयमा पठाएको छ । श्रम मन्त्रालयले मेनपावरसँगै स्वास्थ्य संस्था र अभिमुखीकरण संस्थाको पनि धरौटी बढाउने विषयमा कानुनी परामर्शका लागि कानुन मन्त्रालय पठाएको हो।

मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी यी दुई संस्थाको धरौटी ३० लाख पुर्‍याउने व्यवस्था गर्न लागेको हो ।

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले वैदेशिक रोजगारी क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्री विष्टलाई बुझाउँदैछन्।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अध्यक्ष समेत रहेका श्रममन्त्री विष्टलाई सुझाव कार्यदलले स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्थाको धरौटी ३० लाख पु¥याउन सुझाव दिएको कार्यदलका एक सदस्यले जनाए।

स्वास्थ्य संस्था र तालिम अभिमुखीकरण संस्थाहरुलाई पनि गुणस्तरीय, विश्वसनीय र जिम्मेवारी बनाउन धरौटी रकम हेरफेर गरी वृद्धि गर्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

फ्रि भिसा र फ्रि टिकट लागू भएयता स्वास्थ्य संस्थाबाट परीक्षण गराई वैदेशिक रोजगारीमा गएका कामदारले विदेशमा स्वास्थ्य परीक्षणमा असफल भएर स्वेदश फर्किएमा १० हजार रुपैयाँ मात्र क्षतिपूर्ति पाउने गरेका छन्।

उनका अनुसार स्वास्थ्य संस्थाले विगत १० वर्षदेखि एउटै उपकारणको प्रयोग गरेर स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । पुराना उपकरण प्रयोग गरेर स्वास्थ्य परीक्षण गराउँदा रोजगारीमा गएका कतिपय कामदार स्वास्थ्य परीक्षणमा असफल भएर फर्किनुपर्ने अवस्था आएको उनको भनाइ छ।

वैदेशिक रोजगारीमा गएका कामदार रोजगार गन्तव्य मुलुकबाट ९० दिनभित्र स्वास्थ्य परीक्षणमा असफल भएर फर्किए उनीहरुको आवतजावत खर्च स्वास्थ्य संस्थाले ब्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

तर, विदेशमा स्वास्थ्य परीक्षणमा असफल भएर फर्किएका कामदारलाई स्वास्थ्य संस्थाहरुले १० हजार रुपैयाँ मात्र दिएर पन्छाउने गरेका छन्।

तय गर्न लागेको स्वास्थ्य संस्थाको मापदण्ड अनुसार अब स्वास्थ्य व्यवसायीहरुले आधुनिक उपकारणको प्रयोग गरेर रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ।

हाल वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन ४ सयभन्दा धेरै संस्था रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com