
काठमाडौं ,२० साउन । भदौ पहिलो साता गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक छठसम्म सार्ने तयारी संस्थापन पक्षबाट भइरहेको छ । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् ।
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गर्नुलाई पनि कांग्रेसले स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप भनेको छ ।
पौडेल र सिटौला समूहकै मागअनुसार केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
तर, भदौ लाग्न दुई सातामात्रै बाँकी रहँदा पनि विधान संशोधन मस्यौदा समितिसम्म गठन हुन सकेको छैन । बरु, पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठकको माग गरिरहेका नेताहरुको ध्यान सरकारतिर मोड्न सफल भएका छन् ।
डा.गोविन्द केसी आमरण अनसन बसेकै बेला विरोध प्रदर्शन सुरु गरेको कांग्रेस नयाँ चरणको कार्यक्रम घोषणा गर्ने तयारीमा छ । सुरुको कार्यक्रम संसदकेन्द्रित हुुनेछ । त्यसका लागि सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने व्यवस्था कार्यान्वयन माग बनाइनेछ ।



















प्रतिक्रिया दिनुहोस्