
धनकुटा,१३ साउन । पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको सम्झनामा हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला साहित्य पुरस्कारका लागि अक्षकोषको घोषणा गरेको छ ।
पूर्व अर्थ राज्य मन्त्री स्व. हरिराज खेवा(लिम्बू)को दोस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैया बरावरको अक्षकोषको घोषणा गरेको हो।

उक्त अक्षकोषबाट हरेक वर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई पुरस्कृत गरिने खेवाकी पत्नी गिता गुरुङ्ग(खेवा)ले बताइन ।
स्मृति सभाको अवसरमा प्रतिष्ठानले धनकुटा अस्पताल परिसरमा आइतबार श्रद्धाञ्जली सभा गरेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
पूर्व माओवादी केन्द्र धनकुटाका अध्यक्ष तथा पूर्वअर्थ राज्यमन्त्री समेत रहेका खेवाको गत २०७२ साल साउन १३ गते धनकुटाको सिंधुवामा भएको बस दुर्घटनामा परि निधन भएको थियो।



















प्रतिक्रिया दिनुहोस्