
राजविराज,१३ साउन । सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन्। उनले करिब ५ करोड मूल्य बराबरको जग्गा दान गरेका नगरपालिकाले जनाएको छ।
नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गरेका हुन्। यसअघि नगरपालिकाको कार्यालय कृषि सेड भवनमा सञ्चालन हुँदै आएको थियो।
उक्त स्थान सेवाग्राही अनुकुल नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण गर्न नगरप्रमुख सिंहले आफ्नै जग्गामा भवन निर्माण गर्न लागिएको बताइएको छ। रासस



















प्रतिक्रिया दिनुहोस्