ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तान निर्वाचन : पुराना दल भ्रष्टाचारको दलदलमा, नयाँ शक्तिको उदय


एबीसी न्यूज
श्रावण १२, २०७५ शनिबार   २ : ३४   बजे

काठमडौँ, १२ साउन। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उहाँको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग (नवाज)ले पाकिस्तानका पिता मोहम्मद अलि जिन्नाको अनुयायी हौँ भन्छन् ।

जिन्ना पाकिस्तानका संस्थापक हुनुहुन्छ । सन् १९४७ अगष्ट १४ मा भारतबाट छुट्टिएर एक अलग मुस्लिम राष्ट्रका रुपमा पाकिस्तान स्थापना हँुदा उहाँकै नेतृत्वमा पाकिस्तान बनेको हो । तर उहाँको निधन भएकोले छोटो समयमात्र पाकिस्तानको नेतृत्व गर्न पाउनुभयो ।

भारतमा बृटिश विरोधी आन्दोलन र अलग्गै स्वतन्त्र मुस्लिम राज्यको माग राखेर गरेको आन्दोलनकै समयमा उहाँले स्थापना गरेको संगठन हो मुस्लिम लिग । यसैमार्फत त्यस समयको भारतका मुस्लिम समुदायका नागरिकले बेलायती उपनिवेशबाट स्वतन्त्र भई अलग्गै मुस्लिम राज्यको माग गरेका थिए । सन् १९४७ को अगष्ट १४ का दिन उक्त आन्दोलन सफल भयो र पाकिस्तान अलग्गै राज्य पनि बन्यो । पछि यस संगठनलाई राजनीतिक दलका रुपमा स्थापना गरिएको थियो ।

त्यसयताको संगठनमा नवाज शरिफसम्म आइपुग्दा त्यही लिगको विरासतका रुपमा यो लिग रहेको बताइन्छ । यसले पाकिस्तानमा प्रजातान्त्रिक धारको नेतृत्व गरेको र पाकिस्तानका संस्थापक जिन्नाको अनुयायीका रुपमा रहेको दाबी गर्ने गर्दछ । तर त्यस्तो लोकप्रियता भने पछिल्लो समयमा ह्रास आइरहेको छ । बुधवारको पछिल्लो आमनिर्वाचनले पनि यो देखाएको छ । पछिल्लो निर्वाचनमा यो दलले ६३ स्थानमा मात्र जित हासिल गरेको छ ।

पाकिस्तान पिपुल्स पार्टी, पिपीपी अर्काे त्यस्तै इतिहास बोकेको राजनीतिक दल हो । एकजना वरिष्ठ राजनीतिज्ञ जुल्फिकर अलि भुट्टोले सन् १९६० को दशकमा सो पार्टी स्थापना गर्नुभएको थियो । पछि उहाँले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा पनि काम गर्नुभयो । उहाँको हत्या भएपछि उहाँकी छोरी एवम् पाकिस्तानका पहिलो महिला प्रधानमन्त्री बेनिजर भुट्टोले नेतृत्व गर्नुभयो । पिपीपी पाकिस्तानको इतिहास बोकेको चर्चित राजनीतिक दल हो ।

अहिलेको निर्वाचनमा यस दलले ३९ स्थानमा मात्र जित हासिल गरेको छ । यहाँको संसद्को तल्लो सदनका २७२ स्थानका लागि गरिएको निर्वाचनमा यस दलले तेस्रो स्थानमा जित हात पारेको हो । यसलाई उक्त दलका कार्यकर्ताले निर्वाचनमा धाँधलीको संज्ञा दिएका छन् र उनीहरुले अर्काे निश्पक्ष र स्वतन्त्र निर्वाचनको माग पनि गरेका छन् ।

तर यी दुई दलको इतिहास यति गरिमापूर्ण भने यतिखेर छैन । किनभने अहिलेसम्म आइपुग्दा यी दुवै दललाई भ्रष्टाचारको आरोप लागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अरोपमा १० वर्ष जेल सजायँ सुनाइएको छ । उहाँ हाल जेलमा हुनुहुन्छ । उहाँसँगै उहाँकी छोरी पनि सोही आरोपमा जेल पर्नुभएको छ । उहाँ प्रधानमन्त्री छँदा गरेको भ्रष्टाचारको आरोपमा अदालतले लामो अनुसन्धानपछि उहाँलाई दशवर्षको जेल सजाय सुनाएको हो ।

त्यस्तै अर्काे दल पिपीपी पनि भ्रष्टाचारबाट अछुतो छैन । सन् २००८ को आमनिर्वाचनको प्रचार प्रसारका क्रममा उक्त दलको अध्यक्षसमेत रहेकी बेनिजर भुट्टोको हत्या भयो । तर चुनावमा उहाँको दलले बहुमत ल्यायो । उहाँका श्रीमान् असिफ अलि जर्दारी राष्ट्रपति बन्नुभयो । उहाँमाथि पनि भ्रष्टाचारको आरोप लाग्यो । अदालतले तत्कालीन प्रधानमन्त्रीलाई राष्ट्रपति माथि कारबाहीको आदेश दियो । तर प्रधानमन्त्रीले यस्तो कारबाही गर्न सक्ने कुरा थिएन । त्यसपछि अदालतले प्रधानमन्त्रीलाई नै कारबाही ग¥यो । पछि उहाँपनि पदमुक्त हुनुभयो । राष्ट्रपतिबाट निस्किएपछि जर्दारीमाथि भ्रष्टाचारको कारबाही गर्ने भनियो ।

यसरी इतिहास बोकेका यी दुई दल भ्रटाचारको दलदलमा फसेपछि पाकिस्तानमा नयाँ राजनीतिक शक्तिको विकल्प नागरिकले खोजेका थिए । राजनीतिमा भ्रष्टाचार यहाँ नियमितता जस्तै भएको छ । हुनत शरिफले आफूलाई पाकिस्तानको सेनाले फसाएको बताउनुभएको थियो । त्यस्तै जर्दारीको त्यतिबेलाको अभिव्यक्ति पनि त्यस्तै नै थियो । पाकिस्तानमा सेनाको प्रभावलाई कम आँक्न सकिँदैन । त्यसैले यी नेताको आरोपलाई होइन भन्न पनि सकिँदैन । तर अहिलेका लागि भने यहाँको प्रजातान्त्रिक धारका दुई ठूला र पुराना दलको नेतृत्वलाई यहाँका नागरिकले भ्रष्टाचारको आरोपमा फालेका हुन् भन्ने आम विश्लेषकको विचार छ ।

त्यसो त यो पछिल्लो आमनिर्वाचनमा भ्रष्टाचार एक संयोग र सुनियोजित नै बन्न पुगेको छ । किनभने यस पटकको निर्वाचनमा पहिलो दल बन्न सफल पाकिस्तान तेहरिक एसान, पिटीआइले शरिफका विरुद्धमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । त्यसै मुद्दाबाट शरिफ जेल जानुभएको छ भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ । त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् ।

पाकिस्तान वास्तवमा अघिल्ला दशकमा सेना र आतंकवादको छायाँमा पर्ने गरेको थियो । अहिले आएर भने अवस्था फेरिएको छ । अहिले यहाँको राजनीति भ्रष्टाचारका कारणले अर्काेरुपमा देखिएको छ । त्यसका कारण पनि यहाँको राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । बुधबारको निर्वाचनले यो अवस्था स्पष्टरुपमा नै देखाएको छ । अनि यहाँको शक्तिशाली सेनाले पनि यस्तै वैकल्पिक शक्तिलाई आड दिएको पाइएको छ । सेनाले खुलेरै यो वास्तविकता नबोले पनि इमरान खानको दललाई उसको समर्थन रहेको देखिएको छ ।

बुधबारको निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल पिटीआइले सबैभन्दा धेरै स्थान ११४ मा जित हासिल गरेको छ । मुस्लिम लिगले ६३ र अर्काे पिपीपीले जम्मा ३९ स्थानमा विजय हासिल गरेको छ । यसरी हेर्दा पाकिस्तानी नागरिकले पनि भ्रष्टाचारको दलदलबाट माथि उठेर यहाँ एक नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको दलले यहाँका परम्परागत र पुरानो विरासत भएका दललाई विस्थापित गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ ।

हुनत यस निर्वाचनमा धाँधली भएको विपक्षी दलले बताएका छन् । मुस्लिम लिग र पिपीपीले सेनाले निर्वाचनमा धाँधली गरेको भन्दै अर्काे निर्वाचनको माग गरेका छन् । तर आफैँले सरकार गठन गर्नसक्ने सुविधाजनक बहुमत नपाए पनि पाकिस्तानमा क्रिकेटका पूर्व कप्तान खानले भने अर्काे दलसँग मिलेर सरकार बनाउने तयारी गर्नुभएको छ । सरकार बनाउन आवश्यक १३७ स्थान चाहिनेमा थप सासद उहाँले अर्काे कुनै दलबाट प्राप्त गर्नुहुने छ । उहाँलाई यहाँको प्रधानमन्त्रीका रुपमा चर्चा शुरु गरिएको छ ।

चुनाव जितेमा भ्रष्टाचारको अन्त्यगर्ने, आतंकवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा छन् उहाँका । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उहाँले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा यतिखेर पाकिस्तानमा चर्चा पनि शुरु भएका छन् । पाकिस्तानमा भएका यी चर्चाले उहाँलाई क्रिकेटको एक कप्तान कसरी सत्ताकै बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group