
काठमाडौं ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर केसी संगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
कांग्रेसको माग अनुसार, डाक्टर गोविन्द केसी र सरकारबीचको सहमतिको जानकारी गराउन रोष्टम गएका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सहमतिको बुँदा जानकारी नगराई सभामुखलाई बुझाएपछि काग्रेसले अवरोध जारी राखेको हो ।
शुक्रबारको बैठकमा मन्त्रीको सुरुको जवाफमा चित्त नबुझेर प्रश्न गरेका सांसदहरुको उत्तर दिन दोश्रो पटक रोष्टम पुगेका मन्त्री पोखरेलले सहमतिको ९ बुँदे सहमति भएको बताएपनि सहमतिको अक्षरश जानकारी नगराई सम्झौता पत्रलाई सभामुखलाई बुझाउनुभएको थियो । कांग्रेसले सहमतिबारे सदन जानकार नभएसम्म बैठक चल्न नसक्ने भन्दै उभिएर विरोध गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको हो ।



















प्रतिक्रिया दिनुहोस्