ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा .केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी


एबीसी न्यूज
श्रावण ११, २०७५ शुक्रबार  १२ : ३८ बजे

 

पोखरा, ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताउनुभयो ।

विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उहाँले अब भने सम्झौतालाई व्यवहारमै लागू गरिने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उहाँले यस अवसरलाई आत्मसात गर्दै अघि बढ्न नसकेमा इतिहासमा अर्को अवसर प्राप्त नहुने हुँदा सरकार त्यही रुपमा राष्ट्रको समृद्धि र विकासका लागि क्रियाशील बनेको बताउनुभयो । उक्त अवसरमा मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र वाटिकाको उद्घाटन गर्नुभयो ।

सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भुर्तेलले समाजले सामाजिक सेवामा आफूलाई निरन्तर क्रियाशील बनाएको बताउँदै नवनिर्मित सूर्यचन्द्र वाटिका सात लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा समाजद्धारा सञ्चालित शहीद स्मृति पुस्तकालय, अक्षयकोष स्थापना, वाटिका निर्माणलगायतमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका–५ का वडाध्यक्ष धनबहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ का अध्यक्ष विष्णुप्रसाद बराल, नेपाली काँग्रेसका वडासभापति फणीन्द्रराज पराजुली, डा सरोज कोइरालालगायतले सामाजिक क्षेत्रको विकासमा समाजले महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेरिसको नयाँ मेयरमा समाजवादी इमानुएल ग्रेगोइर निर्वाचित : दक्षिणपन्थी रचिडा दाती पराजित

इरानको चेतावनी : अमेरिकाले विद्युत् प्लान्ट आक्रमण गरे मध्यपूर्वका पानी र ऊर्जा संरचना पूर्ण रूपमा नष्ट गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

पेरिसको नयाँ मेयरमा समाजवादी इमानुएल ग्रेगोइर निर्वाचित : दक्षिणपन्थी रचिडा दाती पराजित

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

दार्चुलामा गयो भूकम्प

इरानको चेतावनी : अमेरिकाले विद्युत् प्लान्ट आक्रमण गरे मध्यपूर्वका पानी र ऊर्जा संरचना पूर्ण रूपमा नष्ट गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com