
काठमाडौं ,११ साउन । प्रहरीले काठमाडौंको गल्लीगल्लीमा दैनिक साइकल गस्ती थालेको छ । काठमाडौं प्रहरी परिसरको जुनियर प्रहरी अधिकृतको नेतृत्वको १६ जनाको टोलीले दैनिक गस्ती शुरु गरेको हो । महानगरीय परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले साइकलबाट सहरको हरेक कुनाकाप्चा र गल्लीमा पुग्न सकिने भएकाले साइकल गस्ती सुरु गरिएको बताए ।
प्रहरी कार्यालयले काठमाडौं प्रहरी परिसरका लागि १६ वटा साइकल उपलब्ध गराएपछि हरेक दिन बिहान ९ः३० बजेदेखि ११ बजेसम्म र दिउँसो २ः३० देखि ६ बजेसम्म गस्ती गर्ने भएको हो ।
यस टोलीले ट्राफिक जाम हटाउनेदेखि मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँड्ने व्यक्तिलाई नियन्त्रणमा लिनेसम्मको काम गरेको बताइएको छ ।
‘विभिन्न गल्लीगल्ली छिरेर त्यहाँ गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झैंझगडा लगायतमा निगरानी गरेर आवश्यक परे पक्राउ समेत गरी स्थानीय प्रहरी वृत्त वा प्रभागलाई बुझाउ गरेको पोखरेलले बताए । साउन ३ देखि सुरु भएको यो अभियानको क्रममा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।



















प्रतिक्रिया दिनुहोस्