ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीमा ब्रह्मलुट !  दुई महिनाको ३१ हजार ९ सय ९० रुपैयाँ पानीको महसुल


एबीसी न्यूज

दैलेख, २५ असार । २०३३ सालमा निर्माण गरिएको खानेपानी आयोजनाबाट पानीको आपुर्ती हुँदै आएको दैलेख बजारमा बृहत साहारे खानेपानी आयोजना सम्पन्न भएसंगै खानेपानीको समस्या दिगो रुपमा समाधान भएपनि खानेपानीका विविध समस्याहरु देखिन थालेको हो । सहारे खानेपानी आयोजना मार्फत खानेपानीको समस्या समाधान भएपनि महसुल बढी आएको, पानी आउने समय अनियमित भएको स्थानीय नमराज थापाले बताए । थापाले भने “कहिले राती ३ बजे पनि पानी आउने गरेको छ ।”
स्थानीय कमल कोइरालाले खानेपानी महसुल निर्धारणका लागि जो जसले निणर्य गरेपनि यसलाई सच्याउनु पर्ने भन्दै जनता यति महँगो महसुल तिर्न नसक्ने भन्द्र आक्रोस पोखे  ।  स्थानीय यामराज थापाले उपभोक्ताले खानेपानीको महसुलको यति ठुलो रकम तिर्न नसक्ने भन्दै समय सापेक्ष अनुसार घटाउनु पर्ने धारणा राखे ।
अहिले सदरमुकामबासीले प्रति महिना १६ हजार सम्म पानीको महसुल बुझाउदै आएका छन् । दैलेखमा रहेको होटल न्यू मोडल रेष्टुरेन्ट एण्ड लजले बैशाष र जेठ महिनाको मात्रै २९ हजार ३ सय महसुल बुझाएको    छ ।यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखले बैशाष र जेठ महिनाको ३१ हजार ९ सय ९० रुपैयाँ पानीको महसुल बुझाएको छ । यति मात्र नभई पानी उपभोग गरिरहेका स्थानीयले प्रति महिना ३ हजार देखि १५ हजार रुपैयाँ सम्म खानेपानीको महसुल बुझाउदै आएका छन् ।

नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलराम श्रेष्ठले सहारे खानेपानी आयोजना परिक्षणको अवस्थामै रहेको बताउँछन् ।खानेपानीको महसुल बढी आएको गुनासोहरु आएको छ, सामान्य रुपमा ५ देखि ७ सय सम्म खानेपानीको महसुल आउनु पर्ने हो, उनले भने “पानीको बहाफ बढी छ, पानीको बहाफ संगै पाइपमा आएका हावाका कारण मिटर धेरै घुम्ने भएका कारण महसुल बढी भएको हुन सक्छ ।”  उनले ५ हजार लिटर सम्मको प्रति युनिट १ सय ५० रुपैयाँ सम्म पानीको महसुल तोकिएको बताए । उनका अनुसार ६ हजार देखि १० हजार सम्मको प्रति युनिट ४५ रुपैयाँ थप गरिएको छ । उनले भने “११  हजार देखि १५ हजार लिटर सम्मको प्रति युनिट ६५ रुपैयाँ र १५ देखि २० हजार लिटर सम्मको प्रतियुनिट १ सय २० रुपैयाँ थप हुन्छ ।”

उनले आयोजना संचालन गर्ने बेला सहरी विकास कोषबाट ऋण लिँदा विभागबाटै आम भेला बोलाएर पानीको महसुल तोकिएको बताए ।  हामीले पानीको महसुल घटाउन पनि मिल्दैन, बढाउन पनि मिल्दैन, उनले भने “यो आर्थीक बर्ष सकिए लगत्तै आम भेला बोलाएर पानीको महसुल घटाउन प्रक्रिया अगाडी बढाउछौ ।”  सदरमुकाममा खानेपानी समस्या समाधानका लागि आयोजना संचालन गर्न सहरी विकास कोषबाट करिब १२ करोड रुपैयाँ ऋण लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त रकम १२ बर्ष सम्म तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । बृहत साहारे खानेपानी आयोजना करिब २३ करोडमा निर्माण सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए । स्थानीय बासीले आयोजना निर्माणकै लागि ५ देखि १० हजार सम्म धरौटी रकम बुझाएका थिए ।

नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार आयोजनाले १८ सय ५३ धारा निर्माण गर्ने स्टमेट भएपनि हाल सम्म १६ सय ९० वटा धारा जडान गरिएको छ । ति मध्ये १५ सय ८ घरमा मात्रै मिटरबाट खानेपानी संचालन भएको छ । सहारे खानेपानी आयोजना संचालन भएको एक बर्ष बित्नै लाग्दा समेत आयोजना निर्माणका लागि धरौटी रकम बुझाएका स्थानीय बासीको घरमा खानेपानी नपुगेको भन्दै आयोजना, उपभोक्ता समिति र नगरपालिकाकै आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com