ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शारीरिक अपाङ्गता भएका व्यक्ति मूर्तिकलामा पोख्त


bhawani desk
असार २१, २०७५ बिहीबार   १ : ०५   बजे

डडेल्धुरा, २१ असार । आफूसँग कलात्मक क्षमता छ भने अपाङ्गता भए पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण स्थानीय आलितालका धनबहादुर विकले बगरका ढुङ्गालाई कलात्मक मूर्तिमा परिणत गरेर देखाएका छन् ।

आलिताल गाउँपालिका–४ घरेलुगाउँका ४० वर्षीय धनबहादुर राम्रोसँग बोल्न र धेरै हिँड्डुल गर्न सक्दैनन् तर पनि उनमा मूर्तिकलाको क्षमता भने उत्कृष्ट रहेको पाइन्छ । नदी किनार र बगरमा पाइने ढुङ्गालाई घरेलु औजार प्रयोग गरेर उनले दुरुस्तै मूर्ति बनाउने गरेको आफन्तहरु बताउँछन् ।

फोटो हेरेरै ढुङ्गालाई मूर्तिमा ढाल्न सक्ने क्षमताका धनबहादुरले अहिलेसम्म न कुनै तालीम लिएका छन् न त आधुनिक औजार प्रयोग गर्छन् तर पनि उनले बनाउने मूर्ति भने कुनै तालीम प्राप्त शिल्पकारको भन्दा कम नभएको मूर्ति खरीदकर्ताको भनाइ छ ।

धनबहादुरले अहिलेसम्म ढुङ्गाबाट सयौँ मूर्ति निर्माण गरी बिक्री गरिसकेका छन् । एउटा राम्रो मूर्ति बनाउन ३ महिना र रू७० हजारसम्म खर्च लाग्ने उनको भनाइ छ । आर्थिक अभावकै कारण धनबहादुरले मूर्ति कुँद्ने औजारसमेत घरमै निर्माण गर्ने गरेको उनका दाजु रामबहादुर बताउँछन्

मूर्तिकलामा अब्बल धनबहादुरले यही पेशाबाट परिवार पाल्दै आएका छन् । अपाङ्गता भए पनि मूर्तिकलामा पोख्त उनलाई आधुनिक औजारको जोहो गर्न र पेशालाई अघि बढाउन थप सहयोगको खाँचो परेको उनका भाइ शेरबहादुर विकको भनाइ छ ।

धनबहादुरले निर्माण गरेका मूर्तिकलाको यस क्षेत्रमै ठूलो चर्चा छ । वर्षौंदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै उनले वर्षेनी लाखौँभन्दा बढी रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अर्डरअनुसार विभिन्न देवीदेवताको मूर्ति निर्माणबाट नै परिवारको पालनपोषण भइरहेको भाइ शेरबहादुर बताउँछन् निर्माण भएका मूर्ति डडेल्धुरालगायत बैतडी डोटी र तराईका जिल्लाका मानिसले समेत मन्दिर र घरमा पूजा गर्नका लागि खरीद गरेर लैजाने गरेको पाइन्छ । ढुङ्गेंमूर्तिमा पोख्त धनबहादुरले देवीदेवताका साथै अडर अनुसारका मूर्ति, शालिक र चित्रसमेत बनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group