ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शारीरिक अपाङ्गता भएका व्यक्ति मूर्तिकलामा पोख्त


bhawani desk

डडेल्धुरा, २१ असार । आफूसँग कलात्मक क्षमता छ भने अपाङ्गता भए पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण स्थानीय आलितालका धनबहादुर विकले बगरका ढुङ्गालाई कलात्मक मूर्तिमा परिणत गरेर देखाएका छन् ।

आलिताल गाउँपालिका–४ घरेलुगाउँका ४० वर्षीय धनबहादुर राम्रोसँग बोल्न र धेरै हिँड्डुल गर्न सक्दैनन् तर पनि उनमा मूर्तिकलाको क्षमता भने उत्कृष्ट रहेको पाइन्छ । नदी किनार र बगरमा पाइने ढुङ्गालाई घरेलु औजार प्रयोग गरेर उनले दुरुस्तै मूर्ति बनाउने गरेको आफन्तहरु बताउँछन् ।

फोटो हेरेरै ढुङ्गालाई मूर्तिमा ढाल्न सक्ने क्षमताका धनबहादुरले अहिलेसम्म न कुनै तालीम लिएका छन् न त आधुनिक औजार प्रयोग गर्छन् तर पनि उनले बनाउने मूर्ति भने कुनै तालीम प्राप्त शिल्पकारको भन्दा कम नभएको मूर्ति खरीदकर्ताको भनाइ छ ।

धनबहादुरले अहिलेसम्म ढुङ्गाबाट सयौँ मूर्ति निर्माण गरी बिक्री गरिसकेका छन् । एउटा राम्रो मूर्ति बनाउन ३ महिना र रू७० हजारसम्म खर्च लाग्ने उनको भनाइ छ । आर्थिक अभावकै कारण धनबहादुरले मूर्ति कुँद्ने औजारसमेत घरमै निर्माण गर्ने गरेको उनका दाजु रामबहादुर बताउँछन्

मूर्तिकलामा अब्बल धनबहादुरले यही पेशाबाट परिवार पाल्दै आएका छन् । अपाङ्गता भए पनि मूर्तिकलामा पोख्त उनलाई आधुनिक औजारको जोहो गर्न र पेशालाई अघि बढाउन थप सहयोगको खाँचो परेको उनका भाइ शेरबहादुर विकको भनाइ छ ।

धनबहादुरले निर्माण गरेका मूर्तिकलाको यस क्षेत्रमै ठूलो चर्चा छ । वर्षौंदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै उनले वर्षेनी लाखौँभन्दा बढी रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

अर्डरअनुसार विभिन्न देवीदेवताको मूर्ति निर्माणबाट नै परिवारको पालनपोषण भइरहेको भाइ शेरबहादुर बताउँछन् निर्माण भएका मूर्ति डडेल्धुरालगायत बैतडी डोटी र तराईका जिल्लाका मानिसले समेत मन्दिर र घरमा पूजा गर्नका लागि खरीद गरेर लैजाने गरेको पाइन्छ । ढुङ्गेंमूर्तिमा पोख्त धनबहादुरले देवीदेवताका साथै अडर अनुसारका मूर्ति, शालिक र चित्रसमेत बनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com