
चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
नारायणगढबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ५११८ र विपरीत दिशाबाट आउदै गरेको ना ७ ख ९५१८ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा बस सडक छेउमा पल्टिएको हो ।
दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्