
काठमाडौं , १६ असार । नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।
सुन सँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक फत्राउ परेका छन् । सुन र पक्राउ परेका व्यक्तिमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्