ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशको विनियोजन विधेयकमाथि छलफल जारी


bhawani desk


सुर्खेत, १६ असार । कर्णाली प्रदेश सरकारले ल्याएको “विनियोजन विधेयक २०७५” माथि दफावार छलफल प्रक्रिया जारी रहेको छ ।

बिहीबारदेखि सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेशसभा सचिवालय र आन्तिरक मामिला तथा कानून मन्त्रालयगत शीर्षकमाथि दफावार छलफल शुक्रबार सकिएको छ ।

पहिलो दिनको छलफलमा भाग लिँदै प्रतिपक्षी दल नेपाली काँगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेट शीर्षकगत नआएको भन्दै आधा घण्टा संसद् अवरोध गर्नुभएको थियो ।

राजनीतिक सहमतिअनुसार पुन सञ्चालन भएको दोस्रो बैठकमा प्रदेशसभा सदस्य यामलाल कँडेल, गुलाबजंग शाह, गोपाल शर्मा, चन्दबहादुर शाही, रातो कामी, सीताकुमारी नेपाली र कृष्ण शाहले विनियोजन विधेयक अझ प्रष्ट आउनुपर्ने औंल्याउनु भएको थियो ।

दोस्रो दिन प्रतिपक्ष दल काँग्रेसका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य हिमबहादुर शाहीले कर्णाली विकासका लागि प्रतिपक्ष सतापक्ष एक भएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट पँजनीमुखी भएको आरोप लगाउनुभयो । गुरिल्ला ट्रेलको नाम पहिलो पटक सुनेको भन्दै उहाँले त्यसको बारे स्पष्ट्याउन सरकारलाई सुझाव दिनुभयो ।

सत्ता पक्षका संसद् विन्दमान विष्ट, अमर थापा, करवीर शाही, कौशिलावती खत्री, ठम्मर विष्ट, दानसिंह परियार, देवी ओली, धर्मराज रेग्मी, पदमबहादुर रोकाया, पद्मा खड्का, मीनासिंह रखाल, राजु नेपालीले बजेट स्पष्टरुपमा विनियोजन नगर्दा सरकारमा रहेका उम्किने र सांसद समस्यामा पर्ने औंल्याउनुभयो । सबै सांसदहरुको एउटै भनाइ थियो, “बजेट मन्त्रीलाई धाउनुपर्ने खालको देखिएको छ, सच्चिएर आउनुपर्दछ ।

राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सोशिला शाहीले प्रदेश विकासका लागि सबैको ऐक्यबद्धता हुनुपर्ने भनाइ राख्नुभयो । शक्तिमा रहनेहरुले हालीमुहाली गर्ने संस्कारबाटमाथि उठेर काम गर्न उहाँले प्रदेश सरकारलाई सुझाव दिनुभएको थियो ।

आज र भोलि बस्ने कर्णाली प्रदेश सभाको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र मुख्य न्यायाधिवक्ताको कार्यालय अन्तर्गत विनियोजित बजेटमाथिको शीर्षकमा दफावार छलफल हुने प्रदेशसभा सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com