ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्ने काम प्रभावकारी


bhawani desk
असार १६, २०७५ शनिबार   १२ : ११   बजे

चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्नका लागि गरिएका काम प्रभावकारी देखिएका छन् ।

सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिममा रहेका ठाउँमा पहिरो रोक्नका लागि चैत अन्तिम सातादेखि काम थालिएको थियो । जुन ठाउँमा काम गरिएका छन् ती ठाउँमा हालसम्म पहिरो खसेको छैन ।

पहिरो रोक्नका लागि दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक नेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायोइञ्जिनियरिङ लगायतका काम अन्तिम चरणमा पु¥याइएको छ ।

नारायणगढ–मुग्लिन सडकको परामर्शदाता कम्पनीका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार सडकका २५ स्थानमा पहिरो रोक्ने काम थालिएकामा अब तीन ठाउँमा मात्र बाँकी रहेको छ । बाइस स्थानमा काम सम्पन्न भएको उनले बताएका छन ।

घिमिरेका अनुसार काम सम्पन भएका ठाउँमा पहिरो खसेको छैन । कालीखोला, टोपेखोला र मुग्लिन नजिकैको भागमा काम भइरहेको छ । समग्रमा ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

न्यू टेक्निकल हाई हिमालय हिम सगरमाथाले आँपटारीदेखि चोरखोलासम्म र चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालयले रु १४ करोडमा पहिरो रोक्ने कामको ठेक्का लिएको थियो । ठेक्काभित्र सो सडकको भालुढुङ्गाको पहिरो रोक्ने काम परेको भए पनि पछि यो प्रविधिबाट सम्भव नदेखिएपछि सो ठाउँ घटाइएको थियो ।

हाल पहिरो खसिरहेको चार किलो र नजिकैको टोपेखोललाई पनि यो ठेक्काभित्र पारिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले पहिरो रोक्न काम गरिएका ठाउँमा पहिरो नखसेको बताए । एक ठाउँमा केहीमाथिबाट पहिरो खसेको भए पनि संरचना निर्माण गरिएका ठाउँमा पहिरो नखसेको बताए ।

हाल पहिरो खसिरहेका मुख्य दुई ठाउँमा खुकुलो माटो बगिरहेकाले यो ठेक्काभित्र नपारिएको उनले बताएका छन । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्र्यान खस्न सक्ने उच्च जोखिम देखिएपछि पहिरो रोक्न ठेक्काको काम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group